एभरेष्ट आईडलमा वाईल्डकार्ड ईन्ट्री पाए डा. सुदर्शन गुरुङले, २८ अक्टोबरमा ग्राण्ड फिनाले

भूमिराज राई / एचकेनेपाल डट कम –

अल्डर्सट, २० सेप्टेम्बर। ई-मिडिया हब लिमिटेड युकेको प्रस्तुती एभरेष्ट आईडल युके २०१७ को फाईनल नजिकिंदै जाँदा तयारी पनि तीब्र बनिरहेको छ।

अक्टोबरको २८ मा अल्डर्सटको एम्पाएर हलमा आयोजना हुने फाईनलका लागि सेमी फाईनल राउण्डबाट निर्णायक र दर्शकहरुको भोटका आधारमा फाइनलिष्टहरुको चयन भइसकेको छ।


डा. सुदर्शन गुरुङ

दर्शकको कम भोटका कारण फाइनल राउण्ड प्रबेश गर्न असमर्थ तर निर्णायकहरुलाई आफ्नो गायकीका कारण प्रभाब पार्न सफल पेशाले डाक्टर पेशामा आबद्ध गायक सुदर्शन गुरुङलाई ‘जजेज वाईल्डकार्डको माध्यमद्वारा फाईनलमा प्रबेश दिएको कुरा एभरेष्ट आईडल हेड किसन राईले जानकारी दिए।

गायक डा. गुरुङ ‘चन्द्र सूर्य ब्याण्ड’ सँग आबद्ध रहेर साँगीतिक साधना र प्रस्तुती दिरहने गायक हुन्। गायनका अलावा उनको अर्को परिचय भनेको सामाजिक कार्य हो। नेपालको बिभिन्न स्थानहरुमा स्वास्थ्य हेल्थ क्याम्प सन्चालन गर्दै आईरहेका छन्। डाक्टरी पेशामा रहेकाले हेल्थ क्याम्प चलाएर सामाजिक सेवा गर्दै आई रहेका उनको फेसबुकमा हेरेर जानकारी लिन सकिन्छ।

वाईल्ड कार्ड ईन्ट्रीबारे गुरुङलाई जानकारी गराइ सकेको र फाईनलमा वाईल्ड कार्डबाट छानिएका गुरुङसहित १५ जनाले बिभिन्न चरण पार गर्दै अन्तिम ग्राण्ड फिनालेमा प्रबेश गर्ने छन्।


डा. सुदर्शन गुरुङ

अत्यन्तै प्रतिभावान गायक गायिकाहरुले प्रतिष्पर्धा गरिरहेकाले प्रतिष्पर्धा अत्यन्तै कडा हुने आंकलन आयोजकको रहेको छ।

भोटिङको अधिकार रियालिटी प्रतियोगिताको सुन्दर पक्ष हुँदाहुँदै पनि आफ्नो मन पराउने र आफन्त बढी हुनेहरुले भोट बेसी ल्याउनु यसका अंध्यारा पक्ष हुन्। यो सिस्टम नचलाउँदा रियालिटी शो अपाङ्ग जस्तै बन्ने तर यो सुबिधा उपलब्ध हुँदा निर्णयमा ठूलो अन्तर हुने समस्याले गर्दा “नखाउँ भने दिन भरिको सिकार, खाउँ भने कान्छा बाउको अनुहार”, भने जस्तै समस्या आउने कुरा बताए असिस्टेन्ट हेड अफ एभरेष्ट आईडल नबराज राईले।

एभरेष्ट आईडल युकेसँग सहकार्य गर्दै मिडिया पार्ट्नरमा एचकेनेपाल डट कम, विनेपाली डट्कम साथै न्यू लक्ष्मी ज्वेलर्स, पिपल मोर्गेज, देउकी राई, गोर्खा भिल्ला आश्फोर्ड, पुन हिल ग्रोसरी सप, फोर्सेस क्याब, एभरेष्ट सेक्युरिटी सर्भिसेस, गोर्खा प्रोपर्टिज, जेन ट्राभल, काठमाण्डु ज्वेलर्स, गीतकार नीरा पिजि, गोर्खा भिल्ला अल्डर्सट, युरोपा फूडलगायतले प्रायोजन गरेका छन्।

फाइनल राउण्डमा पनि निर्णायक र दर्शकहरुको भोट कै आधारमा बिजेता घोषणा गरिने छ।

एक टिकेट एक भोटका रुपमा दर्शकहरुको मत गणना हुने आयोजकले जनाएको छ।

एभरेष्ट आईडल युकेका अलावा दोश्रो र तेश्रो हुनेसहित दर्शकहरुले अत्यधिक रुचाएको पब्लिक चोईस भ्वाईसलाई पनि पुरस्कृत गर्ने तयारी भएको कुरा सिईओ ईश्वर चाम्लिङले जानकारी दिए।

पहिलो हुनेलाई १२ सय पाउण्ड दोश्रो हुनेलाई ५ सय पाउण्ड र तेश्रो अनि पब्लिक च्वाईस भ्वाईस लाई २/२ सय पाउण्डसहित गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन्।

पब्लिक च्वाईस भ्वाईस जित्नका लागि एभरेष्ट आइडलको युट्युब च्यानल एभरेष्ट आईडल Everest Idol मा रहेको भिडियोको हेरिएको संख्या र फेसबुक पेज ईएमएच युके EMH UK मा राखिएको भिडियोको लाईकलाई गणना गरी बिजेता छानिने छ।

नेपाली गीत सँगीत र कलाकारहरुको संबर्द्धनका लागि कार्यक्रममा उपस्थित भएर प्रतिष्पर्धीहरुको मनोबल बढाईदिन सम्पूर्ण युकेबासी नेपाली दाजुभाइ दिदीबहिनीलगायत संघ संस्थाहरुलाई निमन्त्राणा गरेको जानकारी यसै समाचारमार्फत गर्न चाहेको कुरा बजार व्यवस्थापक प्रेम गुरुङले बताए।





Comments

comments

Leave a Reply

19802