रोहिंग्या मुस्लिमका लागि नेपाल ‘सेफ जोन’

म्यान्मारको उत्तरी राखिन क्षेत्रबाट विस्थापित रोहिंग्या मुस्लिम शरणार्थी नेपाल-भारत खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गरेको पाइएको छ।

म्यान्मार सरकारले रोहिंग्या विद्रोही तह लगाउन भन्दै सैन्य कारबाही तीव्र पारेपछि उत्तरी राखिनका मुस्लिम त्यहाँबाट छिमेकी मुलुकमा शरण खोज्दै छिरेको खबर अन्नपूर्ण पोस्टमा छ।

रोहिंग्याहरू अध्यागमन नाकामा पक्राउ पर्ने डरले खुला सीमा हुँदै नेपाल छिरेको र त्यसमा पहिल्यै नेपाल छिरेका रोहिंग्याको सहयोग रहेको पाइएको छ। सीमाबाट काठमाडैां आउँदासम्म राजमार्गमा प्रभावकारी सुरक्षा जाँच नहुँदा उनीहरू राजधानीको कपनस्थित शिविरसम्म निर्वाध पुग्ने गरेका छन् । नयाँ आगन्तुकलाई नेपाल-भारत ओहोरदोहोर गरिरहने रोहिंग्याहरूले सघाउने गरेका छन्।

कतिपय रोहिंग्या मुस्लिम राम्रोसँग नेपाली बोल्न सक्ने भएकाले पनि सीमाका सुरक्षाकर्मी झुक्किने गर्छन् । भारतमा हजारांै तथा बंगलादेशमा लाखौंको संख्यामा रोहिंग्या मुस्लिम छन्। कपन बालुवाखानीमा शिविर बनाएका रोहिंग्याहरूले नेपाललाई ‘सेफ जोन’ का रूपमा लिनु र सरकारले उनीहरूको आवागमनलाई गम्भीर रूपमा नलिनुले समस्या जटिल बन्दै गएको सुरक्षा अधिकारी बताउँछन्।

सुरुदेखि यहाँ बस्दै आएका रोहिंग्या अनुकूलतामा भारत आवतजावत गरिरहेको पाइन्छ। मुलुकको सीमा सुरक्षाको जिम्मा, सीमाबाट हुने अवैध गतिविधि र आवागमन सशस्त्र प्रहरीले हेर्दै आएको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी बाबुराम पाण्डेले रोहिंग्या मुस्मिलहरूको अवैध प्रवेशलाई रोक्न सबै बीओपी (बोर्डर आउट पोस्ट)हरूलाई निर्देशन दिइसकिएको र बोर्डरमा पेट्रोलिङसमेत बढाइएको बताए।





Comments

comments

Leave a Reply

19831