बुद्ध लामा नेपालको पहिलो नेपाल आईडल घोषित

न्युज डेस्क / एचकेनेपाल डट कम –
दोहा कतार। पोखराका बुद्ध लामा नेपालको पहिलो नेपाल आईडल घोषित भएका छन्। निशान भट्टराई फस्ट रनरअप र प्रताप दास सेकेन्ड रनरअप भएका छन्।

बिजेता बुद्ध लामाले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्ने भएका छन्। यस्तै दोस्रो हुने निशानले १५ लाख रुपैयाँ पुरस्कार र तेस्रो भएका प्रतापले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। एसएमएस र अनलाइन भोटिङ गरी कूल ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोटमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्ध लामाले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि चुमेका हुन्। दोस्रो भएका निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ र तेस्रो भएका प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाएका थिए। विजेता बुद्ध लामासहित तीनै जनालाई हार्दिक बधाई तथा शुभकामना!!!

हेर्नुहोस् पहिलो नेपाल आईडल घोषणाको भिडियोः

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19839