अमेरिकामा निक्की कार्कीमाथि यौन दुर्व्यवहारको प्रयास

विजय थापा –

अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी कलाकार निक्की कार्कीमाथि दुर्व्यवहारको प्रयाश भएको छ।

२० बर्षीया किशोरी निक्की कार्कीलाई नेपालीले यौन दुर्व्यवहारको प्रयास भएको हो।

नर्थ क्यारोलिनाका सुशील नेपाल नामक व्यक्तिले निक्कीलाई प्रस्तुति गर्न क्याली फोर्नियाबाट नर्थ क्यारोलिना आउदा हौसला र प्रोत्साहन गर्नुको सट्टा कुदृष्टि राखी यौन दुर्व्यवहारको प्रयास गरेका हुन्।

घटना गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट शहरमा आयोजित नासा-अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको सांगीतिक कार्यक्रममा सहभागी हुन आएकी युवा गायिका निक्की कार्कीमाथि यौन दुर्व्यहार प्रयास भएको हो।

पीडित कार्कीले संस्था कै तर्फबाट आफूले न्याय पाऊ र कारवाहीको माग गर्दै नासा-अन्माको संयुक्त सम्मेलनमा आयोजकलाई कुरा राखेको उनले फेसबूक लाइभ भिडियो मार्फत बताएकी छिन्। घटनाको करीब २ हप्ता बितिसक्दा पनि सो घटनाका आरोपीलाई कुनै सार्वजिक तथा संस्थागत कारवाही नगरिनुले घटनालाई लुकाउन खोजेको महसुस गरि उनले आफ्ना कुराहरु प्रत्यक्ष प्रसारण मार्फत भनेकी छिन्। उनले सबैसंग सल्लाह र सुझाव मागेकी छिन्।





Comments

comments

Leave a Reply

19849