पानीसँगै बगेर भारत जान्छ ६० अर्बको बालुवा

नेपालबाट बर्षेनि ६० अर्ब रुपैयाँभन्दा बढी मूल्यको बालुवा बगेर जाने गरेको पाइएको छ।

पूर्वाधार विकासका लागि बालुवा लगायतका निर्माण सामाग्री अभाव भइरहेको बेला नेपालबाट भारततर्फ प्रतिबर्ष २ अर्ब २५ करोड क्यूबिक मिटर बालुवा बग्ने गरेको एक अध्ययनले देखाएको खबर कारोबारमा प्रकाशित छ।

बजार मूल्यअनुसार यो परिमाणको बालुवालाई ६० अर्ब रुपैयाँ पर्दछ। अध्ययनले एक लिटर पानी बग्दा सरदर २ सय ४० मिलिग्राम बालुवा बगेर जाने र नेपालबाट भारत जाने पानीको आधारमा बर्षेनी ३२ करोड ७२ लाख ७२ हजार क्यूबिक मिटर बालुवा बगेर जाने गरेको देखाएको छ।





Comments

comments

Leave a Reply

19862