कारबाही नगरी सिल गरिएको पसल खोल्न मन्त्रीकै निर्देशन !

उपभोक्तालाई ठगेको आरोपमा २० दिनअघि सिल गरिएका दरबारमार्गका विभिन्न व्यवसायिक फर्मलाई बिनाकारबाही छाडिएको भन्दै उपभोक्तावादीले विरोध जनाएका छन्।

मन्त्री र उनीनिकट व्यक्तिले चलखेल गरेर व्यावसायिक फर्मलाई उन्मुक्ति दिएको उनीहरुको आरोप छ।

आपूर्तिमन्त्री शिवकुमार मण्डल र आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको टोलीले २० दिनअघि अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको पाइएपछि ती फर्ममाथि सिल गरिएको थियो।

मन्त्री मण्डलले ती फर्मलाई सिल गर्दै कालोबजारी ऐनअनुसार कारबाही गर्ने प्रतिवद्धता जनाए पनि कारबाहीबिनै सोमबारदेखि सञ्चालन गर्न निर्देशन दिएका खबर अन्नपुर्ण पोष्टमा छ।





Comments

comments

Leave a Reply

19879