दशैं मान्न माइतीघर पुगिन् मिलन अमात्य

भूमिराज राई / एचकेनेपाल डट कम –

असाम, लोकप्रिय गायिका मिलन अमात्य दशैं मान्न भारतको आसाम पुगेकी छिन्। पारिवारिक जमघटको पूर्ब निर्धारित कार्यक्रम अनुसार नै गायिका अमात्य आसाम पुगेकी हुन्।

दशैं अगाडि नै बैबाहिक यात्रा टुंगिए पनि पारिवारिक जमघटको कार्यक्रमलाई पूर्ण बनाउन मावाली, गायिकाको सँगीतका गुरुलगायत अबिभाबकहरुको आशिर्बाद र टिका थाप्न आसाम पुगेको जानकारी गराउँदै गायिका मिलन अमात्यले आफू दुर्गा पूजामा सहभागी भएको फोटो सामाजिक सञ्जालमा शेयर गरेकी छन्।

भारतको प्रान्त आसाम राज्यको राजधानी गुहाटीमा रहेको गिनिज बूकमा बिश्व रेकर्ड राख्न सफल एक सय तिस फीट अग्लो दुर्गा माताको मूर्तीअघि बसेर दुर्गा पूजामा सहभागी हुँदै गरेको फोटोमा गायिकालाई संगीत सिकाउने उनका गुरु अनि बहिनी, बाबासहितको फोटो गायिकाले उपलब्ध गराएकी हुन्।

बिजया दशमीको यो उत्सबमा धेरै समयपछि निक्कै लामो समयअघिको योजना अनुसार सहभागी हुन पाउँदा खुशी लागेको बताउंने मिलनले दु:ख भुल्ने प्रयासमा आफू रहेको कुरा बताउँदै गर्दा उनको आवाज मलिन सुनिएको थियो।

धेरै कुरा गर्न फोनको ब्याट्री सकिन लागेको भन्दै फोनको लाईन काट्नुअघि फोटो पठाईदिने जानकारी गराएकी गायिका मिलनले फोटो उपलब्ध गराएकी हुन्।

दुर्गामाताको पूजा गर्ने भक्तजनहरुको भिड अनि पानी परी रहेको मौसमको जानकारी गराउँदै गायिकाले सकेसम्म र भ्याएसम्म सबै मान्यजन गुरु र आफ्नो आफन्तहरुलाई यो पटक भेट्ने प्रयास गर्ने बताउँदै आफ्नो शुभचिन्तकहरु सबैलाई बिजया दशमी र दिपावलीको शुभकामना पनि दिएकी छिन्।

अन्य कुरा सोध्न नपाउँदै फोनको ब्याट्रीको कुरा गर्दै गायिकाले धेरै कुरा गर्न नचाहेको संकेत दिएकाले कहिले नेपाल फर्कने भन्ने बारेमा कुरा गर्न सकिएन। अन्य अपडेटसहित फोटो पठाउने उनले बाचा गरेकी छिन ।

गायिका मिलन अमात्यको बिजया दशमी रमाईलो पूर्बक सम्पन्न होस् भन्ने शुभकामना सहित बिजया दशमी र दीपावलीको हार्दिक शुभकामना। गायिका मिलन अमात्यको दशैँलगायत अन्य फोटो हामी प्रकाशित गर्दै जाने छौँ।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

19897