बौद्धमार्गीले मनाए गुम्बामा सामूहिक टीका लगाएर दशैं

नुवाकोट। दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीस्थित टाछी छोइलिङ गुम्बामा सामूहिक दसैं पर्व मनाएर आइतबार टीका ग्रहण गरिएको छ।

साबिक शिखरबेसी गाविस-४, ७, ८ र ९ का चार सयभन्दा बढी तामाङ सामुदायका बासिन्दाले गुम्बाका प्रमुखसँग सामूहिक रुपमा दसैं पर्व मनाउँदै टीका ग्रहण गरेका हुन्।

परम्परादेखि नै चल्दै आएको सामूहिक टीका लगाउने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको टाछी छोइलिङ गुम्बाका सदस्य एवं गुम्बा लामा तेञ्जिङ लामाले जानकारी दिए।

दसैं पर्वको समयमा घरमा आउन नसक्नेहरु पनि गुम्बामा टीका ग्रहण गर्न अनिवार्य उपस्थित हुने गरेका छन् । बौद्धमार्गीको बासोबास रहेको यस स्थानमा दसैं पर्वको अवसरमा एकादशीको दिन सामूहिक रुपमा भोज खाएर दसैं पर्व मनाउँदै टीका ग्रहण गर्ने प्रचलन छ। रासस





Comments

comments

Leave a Reply

19941