६ किलो सुन लुकाएको आरोपमा युवकको हत्या

सुन तस्करीसम्बन्धी विवादमा रसुवाका एक युवकको हत्या भएको छ । तस्करीको सुन लुकाएको आरोपमा रसुवा घत्लाङका २९ वर्षीय गगन तामाङको दसैँको टीकाको दिन स्वयम्भूमा हत्या भएको हो।

हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ। केही व्यक्ति फरार रहेकाले घटनाको अनुसन्धान जारी रहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिवेश लोहनीले जानकारी दिए।

६ किलो सुन लुकाएको आरोपमा तामाङको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको खबर नयाँ पत्रिकामा छ।

चीनबाट रसुवागढी नाका हुँदै ल्याइएको १८ किलो सुन मोटरसाइकलमा लुकाएर बोक्ने जिम्मा तामाङलाई दिइएको थियो । तर, उनले १८ मध्ये १२ किलो मात्र दिई ६ किलो सुन लुकाएको आरोप तस्करीमा संलग्न व्यक्तिहरूले लगाएका थिए।

६ किलो सुनको बजार मूल्य करिब तीन करोड रुपैयाँ पर्दछ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19952