बाम एकताबाट काँग्रेसलाई कुनै क्षति पुग्दैन – पूर्व मन्त्री गुरुङ

महेश मल्ल –

न्यूयोर्क, पूर्व मन्त्री तथा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य सूर्यमान गुरुङले बाम एकताबाट नेपाली काँग्रेसलाई कुनै क्षति नपुग्ने बताएका छन्।

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले आयोजनाको गरेको दशै-तिहार, नेपाल संम्वत् र क्षठ पर्व २०७४ को अवसरमा बोल्दै पूर्व मन्त्री गुरुङले बाम एकताबाट काँग्रेसलाई कुनै क्षति नहुने बताएका हुन्। काँग्रेस बुझेको काँग्रेसीहरूले मात्र पार्टीलाई जोकाउंन सक्ने धारणा व्यक्त मन्त्री गुरुङले व्यक्त गरे।

शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अथिति पूर्व मन्त्री गुरुङले बाम एकताबाट काँग्रेसलाई कुनै क्षति नहुने बताए। काँग्रेस बुझेको काँग्रेसीहरूले मात्र पार्टीलाई जोकाउंन सक्ने धारणा राख्दै पूर्व मन्त्री गुरुङले काँग्रेसले आफ्नो शक्तिलाई चिन्नुपर्ने बताए। प्रवासमा बसेर पनि लोकतन्त्रका निमित्त लागि पर्ने , चिन्ता व्यक्त गर्ने सबैलाई मन्त्री गुरुङले आभार प्रकट गर्दै अहिले लोकतन्त्रमाथि हमला भएकोले सबै लोकतन्त्रबादी शक्तिहरू एक हुनु पर्ने धारणा राखेका थिए।

विशेष अथितिको रूपमा शुभकामना मन्तव्य राख्दै नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिव मुनिन्द्र नेम्बाङले लोकतन्त्र र नेपाली काँग्रेस पर्याय जस्तै भएकोले नेपालमा नेपाली काँग्रेसको अझै चारसय बर्ष सम्म महत्व र आवश्यकता भएको धारणा व्यक्त गरेका थिए। अहिलेको पहिलो आवश्यकता काँग्रेसीहरूबीच भावनात्मक एकता हुनुपर्ने विचार राख्दै महासचिव नेम्बाङले काँग्रेसी नेताहरू बीच भावनात्मक एकता भएमा जस्तोसुकै बाम एकताले पनि काँग्रेसलाई जित्न नसक्ने ठोकुवा गर्दै आफूले पनि नेपाली जनसम्पर्क समिति अमेरिकालाई भावनात्मक रूपमा एक बनाउँन लागि कुनै कसुर बाँकी नराख्ने धारणा व्यक्त गरेका थिए।





Comments

comments

Leave a Reply

20022