हङकङ आउंदै धरानका पुराना गायक नवराम राई

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-

हङकङ, धरानका पुराना गायक तथा संगीतकार नवराम राई आफ्नो सांगीतिक कार्यक्रमको लागि हङकङ आउने भएका छन्।

आगामी अक्टुबर १५ तारिख आइतबार जोर्डनस्थित बगैचा रेस्टुरेन्टमा हुने गायक तथा संगीतकार नवराम राईको बिशेष एकल कार्यक्रमका लागि उनी हङकङ आउन लागेका हुन्।

गायक सबिन राईले गाएको गुराँसको फेदमुनि सम्झनाको छायाँ र कालो कालो रातकोलगायतको चर्चित गीतका संगीतकारसमेत रहेका नवराम राई धरानको रेल्वेका स्थायी बासिन्दा हुन्।

धरानमै बसेर आफ्नो सांगीतिक यात्रा चलिरहेका नवरामले नमुना नामक अल्बम बजारमा ल्याइसकेका छन्। उनको बिष देउ , तिमी मलाई भुलिदेउ , कुखुरे बैंश ,दन्त्यैमा मोहनी ,विश्वास के हो , बैशाख नि बित्यो लगायतका गीतहरु चर्चित छन्।

हङकङ नेपाली कला मन्दिर र धरान सत्र समाज, हङकङको आयोजनामा हुन लागेका कार्यक्रम हङकङमै बसोबास गर्ने गायक कबि राईको बिशेष पहलमा हुन लागेको हो। नवराम राई म्युजिकल नाइट नाम दिइएको कार्यक्रममा उनलाई हङकङकै स्थानीय कलाकारहरुले बाध्यबादनमा साथ दिनेछन्।

पाँच दशकअघि हङकङमै जन्मेका गायक नवराम राई पहिलो पल्ट हङकङ आउदैछन् । कार्यक्रम आयोजनाको लागि सम्पूर्ण तयारी पूरा भईसकेको आयोजकले जानकारी दिएको छ।

Promo





Comments

comments

Leave a Reply

20024