अब दिनहुँ उड्नेछ राजधानीमाथि यस्तो बेलुन, यस्तो छ कारण

आगामी फागुनको पहिलो सातादेखि कीर्तिपुरको आकाशमा एकाबिहानै नयाँ खालको बेलुन उड्नेछ।

त्यो बेलुन कुनै कम्पनीको नयाँ उत्पादनको विज्ञापन नभई वायुमण्डलको हावापानी र बादलको अवस्था जानकारी दिने रेडियो सोन्ड हुनेछ।

हरेक बिहान ५:४५ बजे उडाइने वेदर बेलुन जमिनबाट करीब २० किलोमिटर माथिसम्म पुग्नेछ।

बेलुनले त्यहाँको तापक्रम, वायुको गति तथा दिशा, बादलको अवस्था सापेक्षिक आद्रतालगायतको अवस्थाबारे जमिन/सतहमा रहेको तथ्यांक संकलन गर्ने स्टेसन (डाटा सेन्टर) मा पठाउनेछ।

ती तथ्यांकलाई प्राविधिकले कम्प्युटरमा डाउनलोड गर्नेछन् र पछि विश्लेषण गर्ने खबर कान्तिपुर दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

20037