नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द, नेपाल डिभिजन २ मा घटुवा

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द, नेपाल डिभिजन २ मा घटुवा
न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १६ अक्टोबर। टाईफून नं. ८ (सामुद्रिक आँधी) का कारण हिजो आइतवार स्थगित भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ र नेपालबीच आज हुने भनिएको खेल भारी वर्षाका कारण रद्द गरिएको छ।

खेल सम्भव हुन नसकेपछि दुवै टोलीलाई १/१ अंक बाँडिएको छ। अंक बाँडेसँगै नेपाल डिभिजन टु’मा घटुवा भएको छ। १२ खेलमा ९ अंक जोड्दै नेपाल छैटौं स्थानमा छ भने १२ खेलमा १४ अंक जोड्दै हङकङ चौथो स्थानमा छ।

शुक्रवार सम्पन्न पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो। नेपालले अब प्रतियेगिता अन्तर्गत युएईसँग डिसेम्बरमा अन्तिम चरणको दुई खेल्नेछ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपः नेपाल हङकङसँग ८३ रनले पराजित

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ अक्टोबर। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ।

यो पराजयसँगै नेपालको विश्वकप छनोट खेल्ने सपना लगभग सक्किएको छ।

नेपालले हङकङविरुद्ध दोस्रो खेल आइतबार बिहान खेल्ने छ।

.

 

हङकङद्वारा नेपालसामू १९५ रनको लक्ष्य, नेपालको ब्याटिंग सुरु

#NEPvsHK #WCLC2017 #LIVE
Please comment, share & Support to 🇳🇵 Nepali 🏏 Cricket Team 🙏🙏🙏🙏❤️❤️❤️

थप समाचारः http://wp.me/p5vPvT-5do

Posted by HKNepal.com on Thursday, 12 October 2017

.

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ अक्टोबर। विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको खेलमा हङकङविरुद्धको पहिलो खेलमा नेपालले जितका लागि १९५ रनको लक्ष्य पाएको छ।

हङकङको मङ कगको मिसन रोडस्थित टिन क्वोङ रोड रिक्रिएसन मैदानमा शुक्रवार बिहान भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि हङकङ ब्याटिङमा उत्रिएको थियो।

घरेलु टोली हङकङ निर्धारित ५० ओभरमा १९४ रन जोड्दा अलआउट भयो। नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए। बसन्त रेग्मीले २, करन केसीले २, सुशन भारीले १ विकेट लिए। नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्दैछ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप: नेपाल र हङकङ भिड्दै…!!!

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ अक्टोबर। विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको खेलमा अहिले नेपालले हङकङसँग खेलिरहेको छ। हङकङमा आज बिहान शुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि हङकङ ब्याटिङमा उत्रिएको छ।

नेपाललाई १९५ रनको लक्ष्य

 

विश्व क्रिकेट लिग च्याम्पियनसिप: नेपाल र हङकङ भिड्दै…!!! #NEPvsHK #WCLC2017 #LIVE
Please comment, share & Support 🇳🇵 Nepali 🏏 Cricket Team 🙏🙏🙏🙏❤️❤️❤️

विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको खेलमा अहिले नेपालले हङकङसँग खेलिरहेको छ । हङकङमा आज बिहान शुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि हङकङ ब्याटिङमा उत्रिएको छ। थप समाचारः http://wp.me/p5vPvT-5do

Posted by HKNepal.com on Thursday, 12 October 2017

.

 

विश्व क्रिकेट लिग च्याम्पियनसिप: नेपाल र हङकङ भिड्दै…!!! #NEPvsHK #WCLC2017 #LIVE
Please comment, share & Support 🇳🇵 Nepali 🏏 Cricket Team 🙏🙏🙏🙏❤️❤️❤️
विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको खेलमा अहिले नेपालले हङकङसँग खेलिरहेको छ । हङकङमा आज बिहान शुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि हङकङ ब्याटिङमा उत्रिएको छ। थप समाचारः http://wp.me/p5vPvT-5do

Posted by HKNepal.com on Thursday, 12 October 2017


नेपालको राष्ट्रिय क्रिकेट टिम हङकङमा, शुक्रवार र आइतवार हङकङसंग खेल्ने

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ११ अक्टोबर। नेपालको राष्ट्रिय क्रिकेट टिम बुधवार बिहान हङकङ आईपुगेको छ। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङविरुद्ध खेल्न नेपाली टिम हङकङ आईपुगेको हो।

नेपाली टिमले हङकङसंग शुक्रवार र आइतवार बिहान ९ बजे मङ कगको मिसन रोडस्थित टिन क्वोङ रोड रिक्रिएसन मैदानमा खेल्दै छ।

पारस खड्काको कप्तानीमा ५० ओभरको दुई खेल खेल्न आएको नेपाली टिमलाई जीतबाहेक अर्को विकल्प छैन।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा हङकङ ११ अंकसहित पाँचौं र नेपाल ८ अंकसहित छैटौं स्थानमा छ। नेपालले सातौं तथा अन्तिम चरणको खेल डिसेम्बरमा युएईसँग खेल्ने छ।

फोटोः अोम गुरुङ





Comments

comments

Leave a Reply

20050