दीपक मनाङे एमाले उम्मेदवारमा सिफारिस

लमजुङ – गुन्डा नाइकेका रुपमा चिनिएका राजीव गुरुङ (दीपक मनाङे) लाई एमाले मनाङले प्रदेशसभाको लागि प्रतक्ष्यतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ।

मंसीर १० गते हुने पहिलो चरणको चुनावमा उनी माथिल्लो मनाङको नेस्याङ र नारफु गाउँपालिका सम्मिलित क्षेत्रबाट प्रदेश सदस्यमा चुनाव लड्नेछन्।

माथिल्लो मनाङस्थित मनाङ गाउँका स्थायी बासिन्दा उनी प्राय काठमाडौं बस्छन्। स्थानीय तहको चुनावदेखि भने उनी बाक्लै रुपमा मनाङ आउजाउ गर्दै स्थानीयको घरदैलौ गरिरहेको खबर कान्तिपुरमा छ।





Comments

comments

Leave a Reply

20061