हङकङ आईपुगे धरानका पुराना गायक नवराम राई

डम्बरकृष्ण श्रेष्ठ / एचकेनेपाल डट कम –

हङकङ, १२ अक्टोबर। पुराना गायक तथा संगीत सर्जक नवराम राई आफ्नो सांगीतिक कार्यक्रमका लागि विहीवार हङकङ आईपुगेका छन्।

लामो समयदेखि धरानमा रहेर नेपाली संगीत क्षेत्रमा निरन्तर लागि परेका राईलाई धेरैले नचिने पनि उनका संगीतबाट भने धेरै नयाँ पुस्ताका श्रोता समेत परिचित छन्।

सबिन राईले गाएका गुराँसको फेद मुनि…, कालो कालो रातको… जस्ता हिट गीतहरूको संगीत नवराम राई कै हो। उनको आफ्नै एकल अल्बम समेत निस्केको छ। राईका तिमी मलाई भूलिदेउ…, ती साइली…, बिष देउ… , कुखुरे आँखा देखेन…,तिम्रै लागि… आदि गीतहरू चर्चित छन्।

हङकङ नेपाली कला मन्दिर र धरान १७ समाज हङकङको आयोजनामा १५ अक्टोवरमा बगैचा रेष्टुरेण्ट एण्ड बार जोर्डनमा हुने नवराम राई म्युजिकल नाइटमा राईलाई हङकङका स्थानीय नेपाली कलाकारहरूले साथ दिनेछन्।

राईलाई हङकङमा संगीतकार दिनेश सुब्बा, कलाकारहरू कबि राई, सुरज सुब्बा, कराते प्रशिक्षक हेमबहादुर पुन आदिले स्वागत गरेका थिए।





Comments

comments

Leave a Reply

20069