झलनाथ खनालको अमेरिकामा सफल शल्यक्रिया

सुर्य थापा / एचकेनेपाल डट कम-
न्यूयोर्क, पूर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालको अमेरिकाको मेरिल्याण्डमा सफल शल्यक्रिया सम्पन्न भएको छ। मेरिल्याडको जोन हकिम्स अस्पतालमा खनालको शनिबार सफल शल्यक्रिया गरिएको हो।

पिसाब सम्बन्धी समस्या भोग्दै आएका खनालको ३ वर्ष पहिले भारतमा २ पटक र नेपालमा एकपटक सल्यक्रिया भएको थियो। ३ पटकसम्म अप्रेशन गर्दा पनि निको नभएपछि अमेरिकामा आउनु परेको प्रवासी नेपाली मनञ्च अमेरिकाका अध्यक्ष सन्जय थापाले बताए। मञ्चका महासचिव प्रभु थापाका अनुसार मेरिल्याण्डको जोन हकिम्स अस्पतालमा यस रोग सम्बन्धी बिषेशज्ञ भएकोले खनाल केही दिन पहिले मेरिल्याण्ड आएका थिए। खनालसंगै नेपालबाट आएका डाक्टर शुमन शर्मा उप्रेतीका अनुसार खनालको अप्रेशन जटिल खालको थियो।

खनालको शनिबार ५ घण्टा लामो अप्रेशन सम्पन्न भएपछि डाक्टरले खनाललाई १० दिन आराम गर्न भनेका छन्। १० दिन आराम गरेपछि खनाल कति समय अमेरिकामा बस्नु पर्ने भन्ने कुराको निर्णय हुने जनाइएको छ। मेरिल्याण्डमा खनालको अप्रेशन भए पश्चात उनलाई महावाणिज्यदूत प्रेमराजा महत्, प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव प्रभु थापा, डिल्ली पौडेललगायतका एमालेका स्थानीय कार्यकर्ताहरुले पनि सहयोग गरिरहेका छन्।

खनाललाई सहयोग गर्न नेपालबाट शुमन शर्मा उप्रेती सहित दुई जना डाक्टरका साथै उनका सहयोगी आरबी राई पनि संगै आएका छन्। जटिल अप्रेशन सफल भएपछि खनालले अब आफू झनै सक्रिय भएर देश र जनताको सेवामा लाग्ने बताएको अस्पतालमै रहेका डिल्ली पौडेलले जानकारी दिए।​

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

2008