गीतकार भुसालको एल्बम ‘नूतन कृति’ सार्वजनिक

वीरगंज, २८ असोज। नेपाली कला, साहित्य संस्कृति र गीत संगीतमा कृयाशील रहंदै आउनु भएकी गीतकार नुतन भुसालको तेश्रो एल्बम “नूतन कृति” एक समरोहकाबीच लोकार्पण गरिएको छ।

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाकी सहकोषाध्यक्ष समेत रहनु भएकी गीतकार नुतन भुसालको उक्त कृति राजधानी काठमाडौंमा चर्चित गीतकार तथा चलचित्रकर्मी यादव खरेल, गीतकार दिनेश अधिकारी, गायक दिपक जंगम, दीप श्रेष्ठ, गीतकार एसपी कोइरालालगायतले संयुक्त रुपमा एक समारोहका बिच बिमोचन गर्नु भयो।

भाइब्स क्रिएसनद्वारा बजारमा ल्याइएको सो एल्बममा १. सुटुक्क, २. कैदी बनाउ,३. डालीबाट फुलको, ४. तिमी आउने खुशीमा ५. कैदी बनाउ (फिमेल), ६. मेरो सामु सहित ६ वटा गीतहरू रहेको गीतकार नुतन भुसालले जानकारी गराउनु भयो।

बिमोचन समारोहमा “सुटुक्कै…” बोलको गीतको भिडियो समेत प्रदर्शन गरिएको थियो । युवराज बाइवाद्वारा निर्देशित र सुनिल मास्केले संगित दिनुभएको सो भिडियो प्रदर्शनीपछि कार्यक्रममा उपस्थित कलाकर्मीहरूले समीक्षा समेत गरेका थिए।

बानिका प्रधान, विश्व नेपाली, मेलिना राई, प्राश्ना शाक्य जस्ता चर्चित गायकरगायिकाहरूको सुमधुर एवम् कर्णप्रिय स्वर रहेको “नुतन कृति”ले संगीतप्रेमी श्रोताहरूको मन जित्ने विश्वास लिइएको छ।

गीतकार नुतन भुसालले यस अघि “नुतन” र “नुतन–२” गरी दुईवटा गीती एल्बम निकाल्नु भएको छ भने उनले दर्जनौं गीतहरू लेखिसक्नु भएको छ।

निर्देशक युवराज वाईवा निर्देशित दुई म्युजिक भिडियोको पनि समारोहमा प्रदर्शन गरिएको थियो।





Comments

comments

Leave a Reply

20134