डोटी यात्रुबस दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो

एचकेनेपाल डट कम संवाददाता –
धनगढी, २१ आश्विन। डोटीकाे जाेरायलबाट धनगढीतर्फ आउँदै गरेको ना३ख ५७०७ नम्बरको यात्रुबाहक बस दुर्घटना हुंदा मृत्यु हुनेको संख्या ३० पुगेको छ। २७ जनाको घटनास्थलमा र ३ जनाको उपचारको क्रममा मृृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा पत्रकार कर्ण शाहको पनि मृत्यु भएको छ। दुर्घटनामा ६६ भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेका प्रहरी निरीक्षक सागर बोहराका अनुसार बस बुढीखोलास्‍थित भीरबाट साढे दुई सय मिटर तल खसेको छ। बस टुक्राटुक्रा भएको छ भने शवहरू यत्र तत्र छरिएका छन्। बसमा सयभन्दा बढी यात्रुहरु खचाखच भरिएको अवस्थामा थिए।

स्थानीयका अनुसार वर्षायाममा बन्द भएको कच्ची मोटर बाटोमा आइतबारदेखि मात्रै यातयात चलेको थियो। गत बर्ष पनि छतिबनकै रूवसकाँडामा बस दुर्घटना हुंदा ३० जनाको मृत्यु भएको थियो।

दुर्घटनामा मृत्यु हुनेहरूको नामः
दानबहादुर साउद– सरस्वतीनगर–४, डोटी
टेकेन्द्र गिरी– लक्ष्मीनगर–५, डोटी
इन्द्रा गिरी– लक्ष्मीनगर–५, डोटी
शकुन्तला मल्ल– सरस्वतीनगर–१, डोटी
लक्ष्मण ठकुराठी– अमरगढी नपा–४, डडेल्धुरा
सन्ध्या ठकुराठी– अमरगढी नपा–४, डडेल्धुरा
हरि कठायत– सरस्वतीनगर–९, डोटी
टेकराज भट्ट– सरस्वतीनगर–८, डोटी
पशुपति भट्ट– सरस्वतीनगर–८, डोटी
भागरथी बडुवाल– चुवा–४, कैलाली
जिनिशा बडुवाल– चुवा–४ कैलाली
राजेन्द्र शाही– सरस्वतीनगर–२, डोटी
रोहित बोहरा– सरस्वतीनगर–२, डोटी
शान्तिदेवी कप्ड्याल– लक्ष्मीनगर–१, डोटी
रेवन्त दीपु खडायत– सरस्वतीनगर–५, डोटी
लक्ष्मी कलेल– बछेन–१, डोटी
भागिरथी ओझा– सरस्वतीनगर–२, डोटी
दीपिशा बोहरा– आलिताल–१, डडेल्धुरा
कृष्णराज भण्डारी– सरस्वतीनगर–६, डोटी
हरिना ओझा– सरस्वतीनगर–२, डोटी
कर्णबहादुर शाह– सरस्वतीनगर–२, डोटी
भूमिराज भण्डारी– सरस्वतीनगर–६, डोटी
जानकी भट्ट– सरस्वतीनगर–८, डोटी
चक्रबहादुर बिक– सरस्वतीनगर–२, डोटी
शान्ति मल्ल– सरस्वतीनगर–२, डोटी
वसन्ती ओझा– सरस्वतीनगर–२, डोटी
मुकेश सार्की– उदासीपुर, कैलाली
नवराज भट्ट– सरस्वतीनगर–८, डोटी
डिल्लीराज जोशी– सरस्वतीनगर, डोटी
पद्मा जोशी– सरस्वतीनगर–५, डोटी

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

2014