बेचिएका बालक १८ दिनपछि आमाको काखमा फर्कियो

१८ दिन पहिला आमाको काखमा सुतिरहेका सात महिनाका शुभम यादवलाई रातको समयमा आफ्नै छिमेकीले अपहरण गरेर लगेका थिए।

अपहरणमा परेका शुभम आमाको दुधको भरमा मात्रै बाँचिरहेका थिए । छिमेकी अपराधिको पञ्जामा परेका शुभम आफ्नो घर, परिवारबाट मात्र छुटेनन् उनी अर्को जिल्ला पुर्याइए । यो घटना भएको १८ दिनपछि प्रहरीले बालकको उद्धार गरेको छ ।यो खबर मनिका झाले जनकपुरबाट अन्नपुर्णपोष्ट दैनिकमा लेखेका छन्।

आइतबार जिल्ला प्रहरी कार्यालय धनुषामा आमा सुनितादेवी यादवको काखमा खेल्दै गरेका शुभम निकै खुशी देखिन्थे । अबोध बालकको अनुहारमा १८ दिनपछि आमासंग बस्न पाउँदाको खुशी प्रष्ट देखिन्थ्यो । आमा सुनिता पनि गहभरी आँसु बोकेर छोरालाई माया गर्दै थिइन् ।

धनुषा जिल्लाको कमला नगरपालिका ३ पर्सा निवासी महेन्द्र यादव र सुनिता यादवका सात महिनाका छोरालाई घरको छतमा सुतिरहेको अवस्थामा अपहरणमा परेका थिए । घरका मुखिया महेन्द्र यादव वैदेशिक रोजगारमा गएको एक्लै छोराछोरीलाई पाल्दै आएकी सुनिता छोरीसंग छतमा सुतेको बेला उनका छिमेकी ४२ वर्षीय वीरे भनिने वीरेन्द्र यादवले शुभमलाई उठाएर लगेका थिए ।

राति करिब १२ बजे आँख खुल्दा सुनिताले संगै सुतेको छोरा हराएको थाहा पाइन् । पछि खोजतलाश गर्दा पनि छोराको पत्तो नलागेपछि उनले प्रहरीलाई जानकारी गराएकी थिइन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा घटना एक अर्की आमाको छोरा पाउने लोभमा घटाइएको तथ्य फेला परेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

सिरहा जिल्लाको लक्ष्मीपुर पतार गाउँपालिका ४ निवासी ४० वर्षीया लिलादेवी साह कलवारले छोराको आशमा केही बच्चा अपहरण गराएर किनेको प्रहरीको अनुसन्धानबाट फेला परेको छ । चार छोरीकी आमा लिलादेवीका श्रीमान पनि वैदेशिक रोजगारका लागि घरबाहिरनै रहेका छन् । लिलाले छोराका आशमा धामी झाँक्रीलाई पनि गुहारेकी थिइन् । तर, उनको इच्छा पूर्ति नभएपछि करिब १४ महिना अगाडि आफ्नो माइत सिरहा नगरपालिका १० नरहिया टोल जाँदा त्यहाँ आफ्ना नातेदार पर्ने दिलिप मण्डललाई भेटेकी थिइन् । उनले दिलिपलाई कहीबाट एउटा छोरा उपलब्ध गरदिन अनुरोध गरिन् ।

छोरा पाउने आशमा लिलादेवी दिलिपसंग गत माघ महिनामा भारतको दिल्ली गएर ८ महिनासम्म विभिन्न अनाथआश्रममा पुगिन् । तर, सन्तान गोद लिनका लागि थुप्रै कानुनी प्रक्रिया पुरा गर्नुपर्ने बाध्यता भएपछि उनीहरु गत भदौमा जनकपुर फर्किए । यसै क्रममा दिलिपले आफ्नो चिनजानका ४१ वर्षीय राधाकृष्ण मण्डललाई सम्पर्क गरे । उनले मण्डललाई लिलादेवीको लागि डेरा खोजिदिन अनुरोध गरे । मण्डलले जनकपुरकै सरोज मण्डलको घरमा लिलादेवीका लागि एउटा कोठा खोजिदिए । छोराको चाहनामा लिलादेवीले विभिन्न व्यक्तिलाई सम्पर्क गरिराख्दा राधाकृष्णले पनि सबै जानकारी पाए । उनले आफ्ना चिनजानका धनुषाको विदेह नगरपालिका झिझा टोल निवासी ३६ वर्षीय बाला पासवानलाई छोरा ल्याइदिए राम्रो रकम दिने प्रलोभन देखाए । बालाले पहिला बच्चा ल्याउने बचन दिए पनि पछि सकेनन् ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20158