एरिस्टफ फेस अफ फेसनको उपाधि रवि र पूजालाई

उमा आलेमगर / एचकेनेपाल डट कम –

पोखरा, एरिस्टफ भोड्का फेस अफ फेसनको उपाधि रवि आले र पूजा शाहीले जितेका छन् । ‘फेस अफ फेशन’ नाम दिएर रमाइलो छ प्रालिले आईतबार आयोजना गरेको प्रतियोगिताको उपाधि पुरुषतर्फ फेस नं. १ रवि आले र महिलातर्फ फेस नं. ८ पूजा शाईले जितेका हुन्।

उनीहरु दुवैले ट्रफी र प्रमाणपत्र प्राप्त गरे । आले उपाधि सँगै आलेले बेष्ट ड्रेस र पब्लिक च्वईसको तथा शाईले मष्ट ईथुजियाष्टिक र भियोर च्वईस सबटाईटल प्राप्त गर्न सफल भए।

यस्तै बेष्ट वर्कमा नेलसनजंग मल्ल र एञ्जिला वानिँया, मोष्ट अट्रयाक्टिभमा रेवान राई र सुस्मिता राई, बेष्ट ड्रेस रवि आले र कृषिका पौडेल, मोष्ट फोटो जेनिकमा कर्मा तामाङ र एलिशा पुन, मोष्ट ईथुजियाष्टिक अजित गुरुङ र पूजा शाई, पब्लिक च्वईस रवि आले, मोष्ट क्रियटिभ च्वईस भिम थापा र रोश्नी श्रेष्ठ, भियोर च्वईस पूजा शाईले सबटाईटल प्राप्त गर्न सफल भए।

प्रतियोगितमा एसएलसी उत्तीर्ण गरेका १६ देखि २५ वर्ष उमेर समूहका ५ फिट भन्दा बढी उचाइ भएका युवा–युवतीहरुले फाईनलमा प्रतिस्पर्धा गरेका थिए । ‘फेस अफ फेशन’ नाम दिएर रमाइलो छ प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा दुई वटा अडिसन राउण्ड पार गरेर कुल ३४ जना प्रतिस्पर्धाबाट १७ जना युवा युवती फाईनलमा प्रबेश गरेका हुन्।

ऐरीष्टफ भोड्का फेस अफ फेसनको फाईनलमा मिस नेपाल अर्थ २०१४ सोनीराज भण्डारी, गायिका कौशल्या गुरुङ र नेपाल टुरीजम बोर्ड क्षेत्रिय कार्यालय पोखराका प्रमुख उदय भट्टराईले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उक्त कार्यक्रममा ऐरीष्टफ भोड्काका क्षेत्रिय बिक्री प्रवन्धक किशोरकुमार कोइरालाको पनि विशेष उपस्थिति रहेको थियो।

एरिस्टफ भोड्काको मुख्य प्रायोजनमा भएको फेस अफ फेसनको फाईनल कार्यक्रमको ब्यबस्थापन ईपोल ईन्टरटेन्मेन्ट र मुख्य प्रवर्धक नेपाल पर्यटन बोर्डले गरेको थियो।





Comments

comments

Leave a Reply

20166