८८ केजी सुन तस्करी प्रकरणः काँग्रेसको समानुपातिक सूचीमा परेका तामाङ यसरी परे पक्राउ

ठमेलमा फेला परेका तस्करीको ८८ किलो सुनको लगानीकर्तामध्येका मनबहादुर तामाङ पक्राउ परेका छन्।

नेपाली कांग्रेसको समानुपातिकतर्फको टिकट लिन काठमाडौं आएका बेला उनी पक्राउ परेको खबर नागरिक दैनिकमा छ।

नेपाल – चीन केरुङ व्यापार संघको अध्यक्ष रहेका तामाङ महानगरीय प्रहरी अपराध महाशाखाले ८८ किलो सुन फेला पारेपछि अर्धभुमिगत बनेका थिए।

रसुवाको प्रादेशिक क्षेत्र नम्बर २ बाट कांग्रेसको समानुपातिक कोटामा पर्न काठमाडौं आएका उनी पार्टीले निर्वाचन आयोगमा उम्मेदवारको सुची बुझाएको भोलिपल्ट सोमबार पक्राउ परेका हुन्।

महासाखाले केरुङ नाका हुँदै काठमाडौं भित्रिएको सुन भदौ १९ मा क्षेत्रपाटीबाट बरामद गरेको थियो।

बा १७ च ६४२७ नम्बरको गाडीसहित महाशाखाले मनोज अधिकारीलाई पक्राउ गरेपछि तस्करीमा सक्रिय जालोबारे खुलेको थियो।





Comments

comments

Leave a Reply

20183