प्रहरीले नै चलाएका थिए ८८ किलो सुन भएको तस्करको गाडी

दुई महिना अगाडि काठमाडौंमा बरामद भएको ८८ किलो सुन प्रहरीकै सहयोगमा भित्रिएको खुलेको छ।

पक्राउ परेका व्यक्तिहरुले सुन बोकेको गाडी प्रहरीले नै चलाएर रसुवागढी भित्र्याएको बयान दिएका छन्।

प्रहरीले सोमबार ८८ किलो सुन तस्करीमा सेटिङ मिलाउने जिम्म लिएका रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ। उनले रसुवामा प्रहरीसँग सेटिङ मिलाएर सुन ल्याउने गरेको अनुसन्धनबाट खुलेको छ।

रसुवामा पक्राउ परेका दुई चालकको बयानअनुसार उक्त सुन ल्याएको गाडी सशस्त्र प्रहरीका एक हवल्दारले नै चलाएर ल्याएका थिए।





Comments

comments

Leave a Reply

20187