मन्त्री क्वार्टरमा ठाउँ नभएपछि डेरा खर्चमै करोड

शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका केही मन्त्री तथा राज्यमन्त्रीको डेरा व्यवस्थापनमै एक करोड खर्च भएको छ।

पछिल्लो विस्तारअघिका ५४ मध्ये आठ जना मन्त्री र २६ जना राज्यमन्त्रीलाई पुल्चोकस्थित मन्त्री क्वार्टरमा ठाउँ अभाव भएपछि सरकारले बाहिरै व्यवस्थापन गरी भाडामा राखेको खबर अन्नपूर्ण पोस्टमा छ।

एक साताअघि मात्रै थप भएका राप्रपाका आठ मन्त्रीलाई पनि प्रतिमन्त्री डेरा खर्च भन्दै दुई लाख रुपैयाँ दिइने तयारी गरिएको छ।

३४ जना मन्त्रीलाई घर भाडामा राख्न सुरुमै भाडा व्यवस्थापनका लागि झन्डै एक करोड रुपैयाँ खर्च भएको छ।





Comments

comments

Leave a Reply

20190