यसरी हुदैछ वाम गठबन्धनको अन्तिम भागबण्डा

माओवादी केन्द्रसँग एमालेको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको छ। बुधबार सक्ने लक्ष्य भए पनि कतिपय निर्वाचन क्षेत्रमा दुवै दलका नेताहरुको दाबी भएकाले सहमति जुट्न सकेन।

एमालेले स्थायी समिति बैठक बसी उम्मेदवारहरुको नाम छनौट गर्नेछ ।

दुवै दलका नेता संलग्न कार्यदलको बिहीबार बसेको बैठकले निर्वाचन क्षेत्र बाँडफाँट अन्तिममा पुर्‍याएको एक नेताले जानकारी दिए । टुंगो लगाउन नसकेको क्षेत्रलाई कार्यदलले दुवै दलका अध्यक्ष रहेको संयोजन समितिलाई बुझाएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ती निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाउनेछन् ।

केन्द्रमा कुल १६५ प्रत्यक्ष सिटमा कम्तीमा ५६ सिट माओवादी केन्द्रले पाउने सम्भावना रहेको नेताहरुले बताएका छन् । कार्यदलले प्रदेश नम्बर ७ मा भने केन्द्र र प्रदेशमा टुंगो लगाएका छन् । कार्यदलमा ढिलाई हुँदा बिहीबार बिहान बस्ने भनिएको स्थायी समिति बैठक साँझ सरेको खबर ईकान्तिपुरमा प्रकाशित छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20224