काठमाडौंमा एकाबिहानै गोली चल्यो, कल्याण गुरुङ घाइते, ५ पक्राउ

काठमाडौं, ५ कात्तिक। काठमाडौंको लैनचौरस्थित म्हेपीमा आइतबार एकाबिहानै गोली चलेको छ।

गोली प्रहारबाट रानीबारी बस्ने २८ वर्षीय कल्याण गुरुङ घाइते भएका छन्। उनको घुँडा मुनि गोली लागे पनि खतरामुक्त रहेको प्रहीले जनाएको छ।

आइतबार बिहान करिव चार बजे अपरिचित समूहले उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कारमा आएको अपरिचित समूहले स्कुटीमा हिँडिरहेका गुरुङलाई रोकेर गोली हानेको थियो।

‘घटनाको प्रकृति हेर्दा ग्याङ वार जस्तो देखिएको छ। हामीले थप अनुसन्धान गरिरहेका छौं ।’काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले बताए। शनिबार राति लैनचौरस्थित एक डिस्कोमा भएको झगडाको कारण नै गोली चलेको प्रहरीको प्रारम्भिक अनुमान छ।

गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। घटनापछि प्रहरीले शंकास्पद ५ जनालाई पक्राउ गरेको छ।

केह दिनअघि अज्ञात समूहको गोली प्रहारबाट निर्माण व्यवसायी शरदकुमार गौचनको मृत्यु भएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20230