नेपालीको साढे ६ अर्व रुपैयाँ हङकङमा

नेपालीबाट मलेसियाको भिसाबापत उठाइँदै आएको रकम मेलेसिया नभएर हङकङ जाने गरेको खुलेको छ।

मलेसियाका लागि नेपालीको भिसा प्रोसेसिङ गर्ने कम्पनी भिएलएन नेपालले यहाँबाट उठेको रकम हङकङ पठाउने गरेको नेपाल राष्ट्र बैंकले नै पुष्टि गरेको खबर नयाँपत्रिकाले प्रकाशित गरेको छ। राष्ट्र बैंक श्रोतका अनुसार हालसम्म कम्पनिले साढे ६ अर्व रुपैयाँ हङकङ पठाइसकेको छ।

भिएलएन नेपालले भिसा प्रोसेसिङको सिलसिलामा आवश्यक पर्ने प्राविधिक सहयोग, रोयल्टी तथा सञ्चालन सहयोग खर्चका नाममा सो रकम हङकङको अल्ट्राटेक लिमिटेडलाई पठाएको हो।

अल्ट्रा किराना एसडिएन बिएचडीले नेपालमा सामाजिक तथा कामदारको भिसा प्रोसेसिङ सञ्चालनका लागि मलेसियन सरकारबाट अनुमति प्राप्त गरेको जनाएको छ।





Comments

comments

Leave a Reply

20243