‘एभरेष्ट आईडल युके’को ग्राण्ड फिनाले अक्टोबर २८ मा हुने

भूमिराज राई / एचकेनेपाल डट कम –

अल्डरसट। युकेको बहु प्रतिक्षित अत्यन्तै चर्चित गायन प्रतियोगिता ‘एभरेष्ट आईडल युके २०१७’ को ग्राण्ड फिनाले अल्डरसटको एम्पाएर हलमा २८ अक्टोबर साँझ आयोजना हुने भएको छ।

अत्यन्तै प्रतिभावान प्रतियोगीहरुले पहिलो “एभरेष्ट आईडल युके २०१७” को टाईटल जित्न प्रतिष्पर्धा गर्ने उक्त कार्यक्रमको प्रमुख अतिथि युकेका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदी (दुबसु), पप गीतका प्रबर्तक गायक नोर्देन तेन्जिङ भुटिया, एनआरएनए युकेका अध्यक्ष, युकेका बिभिन्न संघ संस्थाका प्रमुख र प्रतिनिधिहरु, युकेमा रहनु भएका गायक, गीतकार र संगीतकारहरु अतिथि रहने छन्।

अत्यन्तै उत्साहित रुपमा गीति लेखनमा ख्यातिप्राप्त गीतकार नीलम आङ्बुहाङ राई, जानु काम्बाङ साथै गायक संगीतकार तथा गीतकार बिसी राईलगायतले एभरेष्ट आईडल बिजेता र टप तीनलाई गीत रेकर्ड गरिदिने प्रायोजन प्राप्त भएको छ।

बिभिन्न ब्यापारिक तथा ब्यक्तिगत रुपमा प्रायोजन गर्नेहरुमा न्यू लक्ष्मी ज्वेलर्स, पिपल मोर्गेज, देउकी राई, गोर्खा भिल्ला आश्फोर्ड, पुन हिल ग्रोसरी सप, फोर्सेस क्याब, एभरेष्ट सेक्युरिटी सर्भिसेस, गोर्खा प्रोपर्टिज, जेन ट्राभल, काठमाण्डु ज्वेलर्स, गीतकार नीरा पिजि, गोर्खा भिल्ला अल्डर्सट, ‘सुरभी हेयर एण्ड ब्युटी सैलून’ दुर्गा घले र बलराम घले, युरोपा फूडलगायतले प्रायोजन गरेका छन्।

एभरेष्ट आईडल युके 2017 मिडिया पार्टनरमा एचकेनेपाल डट कम र विनेपाली डट्कम रहेका छन्।

गायिका शर्मिला बर्देवा, गायिका सितु खरेल रिमाल र गायक गीतकार तथा सँगीतकार बिसी राई निर्णायक रहने उक्त फाईनल कार्यक्रममा उपस्थित दर्शक तथा निर्णायकहरुको भोटको आधारमा बिजेता घोषित गरिने छ।

बिजेताहरुमा प्रथम हुनेले १२ सय पाउण्ड गीत रेकर्डिङ कन्ट्र्याक्टसहित बिभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् भने दोश्रो हुनेले ५ सय पाउण्डसहित गीत रेकर्डिङ र अन्य गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गर्ने छन् त्यसै गरी तेश्रो हुनेले २ सय पाउण्डसहित गीत रेकर्डिङ र गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन्।

एभरेष्ट आईडल युकेका हेड किसन राईका अनुसार ग्राण्ड फिनालेको सम्पूर्ण तयारी पूरा भएको र कार्यक्रमको टिकट बजारमा उपलब्ध गराई सकेको साथै कार्यक्रमका दिन प्रबेशद्वारमा पनि टिकट उपलब्ध गराईने छ । टिकटको प्रयोजन कार्यक्रम स्थल प्रबेश अनि आफूले मन पराएको प्रतियोगीलाई भोट गर्न पनि प्रयोग हुने छ।

आफूले मन पराएको प्रतियोगीलाई भोट गर्न टिकट आवश्यक पर्ने जानकारी दिंदै बजार ब्यबस्थापन टिमका प्रमुख प्रेम गुरुङले भिआईपि टिकट पनि उपलब्ध रहेको जानकारी दिएका छन्।

अल्डर्सटको एम्पाएर हलमा आयोजना हुने एभरेष्ट आईडल युके २०१७ युकेको बर्ष २०१७ को बहु प्रतिक्षित र अत्यन्तै चासोका साथ हेरिएको प्रतियोगिता भएकाले यो ऐतिहासिक कार्यक्रमको प्रत्यक्षदर्शी भएर कार्यक्रमलाई सफल पार्दै प्रतियोगीहरुलाई हौसला प्रदान गर्दै प्रतिभावान ब्यक्तिहरुलाई प्रबास मै भए पनि प्रतिभा उजागर गरेर समाज अनि नेपाली सँगीत, कलाप्रति सदाशयता देखाईदिन ईएमएच युकेले हार्दिक अनुरोध गरेको छ।

एभरेष्ट आईडल युकेलाई भबिष्यमा परिमार्जित गर्दै बिदेशदेखि संचालन हुने कार्यक्रमहरु मध्यको प्रमुख मनोरन्जनात्मक प्रतिष्पर्धा बनाउने योजनाका साथ आफू र आफ्नो टिमले काम गरिरहेको जानकारी दिंदै ईएमएच लिमिटेड युके EMH Ltd. UK का सिईओ ईश्वर चाम्लिङले यो पटक हतारमा सिमित श्रोत र साधनका बिच कार्यक्रम आयोजना गर्नु परेकाले पनि भने जस्तो धेरै गर्न नसकिएको भए पनि आशा गरे भन्दा धेरै राम्रो कार्यक्रममा सहभागी र धेरै आशिर्बाद र शुभेच्छा प्राप्त हुनु हाम्रो लागि उत्साहको कुरा हो, ग्राण्ड फिनालेको लागि टार्गेट दर्शक संख्याको टिकेट अहिले नै बिक्री भएको र अत्यन्तै धेरैले कार्यक्रममा सहभागी हुने जानकारी दिनु भएकाले हामी सारै उत्साहित रहेका छौ र तयारी पनि त्यसरी नै कार्यक्रम अत्यधिक सफल हुने गरी सबै सेलले गरिरहेको जानकारी हेड अफ सेलहरुले दिई रहनु भएकाले पनि म कार्यक्रम सफल रुपमा सम्पन्न हुनेप्रति ढुक्क छु, भन्दै कार्यक्रम सफल हुने प्रती सिईओले आफ्नो कुरा राखे।

साँझ ५ बजेदेखि शुरु हुने एभरेष्ट आईडल युके २०१७ मिस युके २०१४ निया देवान र ईएमएच लिमिटेड युकेका ईभेन्ट सेल प्रमुख नबराज राईले कार्यक्रम संचालन गर्ने छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20261