नेपाली घर निर्माणको लागि कोलोराडोमा यसरी खेलियो देउसी भैलो

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका। नेपालीहरुले दोश्रो महान चाड तिहारको अवसरमा नेपाली समुदायको बाक्लो बसोबास रहेको शहर बोल्डर र लङमन्टमा देउसी भैलो खेल्ने कार्यक्रम सम्पन्न भयो।

कोलोराडोमा क्रियाशील नेपाली घरको आयोजना तथा स्थानीय संघ संस्थाको सहयोगमा देउसी भैलो खेलिएको हो।

यसरी देउसी भैलो खेलिएका स्थानहरुमा अक्टोवर १८ सांझ एभरेष्ट रेष्टुरेन्ट लङमन्ट र अक्टोवर १९ सांझ बोल्डरस्थित मिडोज कम्यूनिटी हल रहेको छ । देउसी भैलो कार्यक्रममा स्थानीय कलाकारहरुले आफ्नो कला जोडदार प्रस्तुत गरेका थिए । त्यसैगरी सधै देउसी भैले खेलिने अरोरा शहरमा भने यसबर्ष बिशेष कारणले देउसी भैले हुन नसकेको महासचिव निर्मल श्रेष्ठले बताए।

देउसी, भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने सबै समुदायका गन्य मान्य, कलाकार, पत्रकार, बुद्धि ङजीवी, ब्यापारी तथा सर्बसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित कतिपय आ–आफ्नो जातीय पहिरनमा आएका थिए भने, छुट्टै जातीय पहिरन नहुनेहरुले पुरुषहरु दौरा सुरुवाल, महिलाहरु साडी चोलो लगाएर कार्यक्रममा सहभागी भएका थिए।

नेपाली घरका अध्यक्ष लक्षुमण रानाले नेपालीहरुको भाषा, संस्कृति, रिती रिवाज, तथा भेषभुषा स्थानीयलाई पहिचाहन गराउन तथा अमेरिकामा जन्मे हुर्केका बाल बालिकाहरुलाई हाम्रो संस्कृति सिकाउने उद्धेश्यको साथ हरेक बर्ष देउसी भैलोलगायत बिभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिदै आएको बताए।

अध्यक्ष रानाले देउसी भैलोबाट संकलित रकम खर्च कटाएर बाँकी रहेको १ हजार ३ सय ३४ डलर नेपाली घरको खातामा जम्मा गरिने बताए। उनले यो रकम नेपाली घरको मात्र नभएर सम्पूर्ण कोलोराडो बासीको हो र उक्त रकम नेपाली घर निर्माणको लागि मात्र खर्च गरिने प्रष्ट्याएका छन्।





Comments

comments

Leave a Reply

20283