सुविधाबापत पाएको गाडी फिर्ता नगरी चुनाव प्रचारमा दुरुपयोग

निवर्तमान भईसकेका केही सांसद्ले पदाधिकारीको हैसियतमा प्राप्त गाडी सुविधा दुरुपयोग गरिरहेको भेटिएको छ।

निवर्तमान सभामुख, उपसभामुखसहित विभिन्न समितिका पदाधिकारीले पदीय हैसियतले प्रयोग गरेका सवारीसाधन अझै फिर्ता गरेका छैनन्।

सचिवालयको रेकर्डमा ७ जनाले मात्र बुझाएको देखिन्छ । निवर्तमान सभामुख ओनसरी घर्तीमगर र निवर्तमान उपभासमुख गंगाप्रसाद यादव सुविधाबापत पाएको गाडी फिर्ता नगरी त्यसैमा चढेर चुनाव प्रचारका लागि गृहजिल्लातर्फ लागेको खबर नागरिकमा छ।





Comments

comments

Leave a Reply

20291