गौचनको हत्यारालाई प्रहरी किन पक्राउ गर्न सकेन? यस्तो छ कारण…

निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको १८ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन।

२३ असोजको मध्याह्नमा शान्तिनगरमा गोली हानी गौचनको हत्या गरिएको थियो । घरबाट निस्केका गौचनमाथि आपराधिक समूहले सार्प सुटरको प्रयोग गरी गोली हानेको थियो ।

घटनाको भोलिपल्टै प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा सात सदस्यीय छानबिन कमिटी गठन गरेको थियो । स्रोतका अनुसार समितिले गोली प्रहार गर्न चार जना खटिएको निष्कर्ष निकाल्दै सम्भावित अभियुक्तको स्केचसमेत बनाइसकेको खबर कान्तिपुरमा छ।

उच्च प्रहरी स्रोतका अनुसार भारतमा बसी असुली धन्दा चलाइरहेका मनोज पुनको समूहले नै गौचनको हत्या गरेको निष्कर्षमा त प्रहरी पुगेको छ तर त्यसका पर्याप्त आधार भने जुटाइसकेको छैन। प्रहरीका अनुसार हत्यामा नाइन एमएमको पेस्तोल प्रयोग भएको थियो।

गत चैतमा गौरीघाटमा गुन्डा नाइके दावा लामामाथिको गोली प्रहारमा पनि यस्तै प्रकृतिको घटना भएको थियो। यस आधारमा पनि प्रहरीले गौचन हत्यामा मनोज पुन समूहको संग्लनता रहेको निष्कर्ष निकालेको हो।





Comments

comments

Leave a Reply

20299