बाग्लुङ् जिल्ला समाज बेलायतको सातौं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

मिलन तमु / एचकेनेपाल डट कम-
बाग्लुङ् जिल्ला समाज बेलायतले फार्नबोरोको स्यामुएल कोडी कलेज भवनमा शनिवार बिबिध कार्यक्रमहरुको आयोजना गरी सातौं बार्षिक जिल्ला भेटघाट अति रमणीय र उल्लासमय वातावरणमा सम्पन्न गरेको छ।

कार्यक्रमको पहिलो चरणमा बिशेषत: यो बर्ष उच्च शिक्षामा सफलता हाशिल गर्ने बिद्यार्थीहरुलाई बधाई दिंदै खादा प्रदान गरेर सम्मान गरियो। दोश्रो चरणमा बिबिधता मनोरञ्जनात्मक सांस्कृतिक कोशेलीहरु प्रस्तुत गरिएका थिए र अन्तिम चरणमा सबैको मनोरञ्जनको केन्द्र बिन्दु कक्टेल नाचगान रहेको थियो।

यस बर्षको भेटघाट कार्यक्रम आयोजना सम्बन्धि केहि ब्यक्तिहरुको राय बुझ्दा यो अति नै सौम्य, अनुशासित, रमणीय र आकर्षक रहेको पाइयो। सांस्कृतिक कार्यक्रम अन्तर्गत स्टेजमा प्रत्यक्ष भजन-किर्तन, सारङी धुन सहितको गीत, नारायण गोपालका आधुनिक गीतहरु देखि नेपाली साथै हिन्दी गितमा बिभिन्न नृत्यहरु प्रदर्शन भएका थिए।

अन्तिम चरणको कक्टेल नाचगानले भरपूर मनोरन्जन दिनुका साथै समग्र भेटघाट आयोजनाको सार्थकता प्राप्त भएको महशुष गर्न सकिन्थ्यो। आउंदा बर्षहरुमा अझै रमाइला र बहु-सांस्कृतिक कार्यक्रमहरु समाबेश गरिने र उपस्थिति संख्या पनि बढ्ने अनुमान गरिएको छ। अन्तमा समाजका अध्यक्ष रि. क्या. श्री धन बहादुर कुंबरले उक्त दिनको सम्पूर्ण कार्यक्रमलाई बिभिन्न स्तरबाट सहयोग गरी भब्यताका साथ संपन्न गर्नमा योगदान पुर्याउने सहभागी सदस्यहरु, कलाकारहरु, प्राबिधिक साथी तथा मिडियाकर्मी, अतिथिहरु र समस्त उपस्थित बागलुंगे महानुभावहरुलाई हार्दिक धन्यबाद दिंदै पुनः अर्कों साल २७ जुन २०१५, शनिवारका दिन सोही स्थानमा कार्यक्रम हुने जानकारी गराउदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो।

तस्वीरहरूः मिलन तमु / एचकेनेपाल डट कम





Comments

comments

203