स्तन क्यान्सरबारे पोखरामा पैदल यात्रा

एचकेनेपाल डट कम –
पोखरा, ११ कार्तिक । सर्वसाधरणलाई स्तन क्यान्सरबारे सचेतना जगाउने उद्देश्यले शनिबार पोखरामा पैदल यात्रा कार्यक्रम आयोजना गरिएको छ।

नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेशनको आयोजनामा सचेतनामुलक २ किमि पैदल यात्रा र जुम्बा डान्स कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा पोखरा लेखनाथ महानगर पालिकाका प्रमूख मानबहादुर जिसी, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बिका गर्भनर धनराज आचार्य, आयोजक संस्थाका अध्यक्ष डा. सुजिता हिराचन सहित पोखराका सामाजिक संघसंस्थाका सदस्यहरु र विद्यार्थीहरुको ठूलो उपस्थिति रहेको थियो।

बिहान पोखरा सभागृहबाट पैदल यात्रा शुरु भइ न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पुन सभागृहमा पुगे पछि जुम्बा डान्स सहितका सचेतनामुलक कार्यक्रम आयोजना गरिएको थियो । स्तन क्यान्सरबाट बचौं र बचाउ भन्ने नाराका साथ पैदल यात्रा कार्यक्रम आयोजना गरिएको बताउँदै फाउण्डेशनका अध्यक्ष डा. हिराचनले यसबारेमा सर्वसाधरणमा पर्याप्त जानकारीको अभाव रहेको जनाए । उनले भने ‘वर्षेनी स्तन क्यान्सरका बिरामीहरु बढ्दै गइरहेका छन् । त्यसैले यसका बारेमा पर्याप्त जानकारी गराउन जरुरी छ।’ नेपालमा हरेक वर्ष पाँच हजारको दरले स्तन क्यान्सरका बिरामीहरु बढ्रदै गइरहेको बताइएको छ । महिलाहरुमा धेरै हुने क्यान्सरमा पाठेघरको मुखमा हुने क्यान्सर पछि स्तन क्यान्सर दोस्रो भएको जानकारी पनि सो कार्यक्रमा दिइएको थियो । कार्यक्रममा सहभागी युआरएल पोखराका निर्देशक ठाकुर प्रसाद पन्तका अनुसार समयमा नै सचेत हुने हो भने स्तन क्यान्सरको जोखिमबाट बच्न सकिन्छ । पन्तका अनुसार यसका लागि समय समयमा चिकित्सकसँग परामर्श गर्ने र आँफैले पनि स्तन जाँच गर्न सकिन्छ । आधुनिक जीवनशैली, खानपान, अत्याधिक चिन्ता जस्ता कारणहरुले स्तन क्यान्सरको जोखिम बढ्ने बताइएको छ।

कार्यक्रममा सहभागी शान्ति उदासले महिलाहरुले रोग लुकाएर बस्ने भन्दा पनि खुलस्त भएर कुराकानी गर्नु पर्नेमा जोड दिएका छन् । यस्ता सचेतनामूलक कार्यक्रमले सर्वसाधरणलाई स्वास्थ्यप्रति जागरुक हुन प्रेरित गर्ने उनको भनाइ छ । आयोजक संस्थाका अनुसार अक्टोबर महिनाभर सर्वसाधरणले स्तन क्यान्सरबारे धेरैभन्दा धेरै कुरा गरुन भन्ने लक्ष्य पनि राखिएको छ । नेपालमा चौथो पटक आयोजना भएको सचेतनामूलक पैदल यात्रा कार्यक्रम पोखरामा पहिलो पटक भएको हो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20316