चिहानमाथि खुसीको पर्खाइ

सुर्खेत – वर्षौपछि आँगनमै जहाज (चिलगाडी) अवतरण हुँदा कालिकोटको कोटवाडाका स्थानीयमा खुसीको सीमा थिएन। कोटवाडास्थित सुनथराली विमानस्थलमा जहाज हेर्न गाउँलेको लर्को नै लागेको थियो। 

अघिल्लो वर्षको माघ २९ गते कोटवाडामा पहिलोपटक जहाज अवतरण गर्दा स्थानीयले अविरजात्रा नै गरे । नजिकबाट जहाज नदेखेका उनीहरूले आँगनबाटै चिलगाडी चढ्न पाइने सपना पनि बुने । परीक्षण उडानमा जहाज अवतरण भएको नौ महिना बिते पनि कोटवाडामा फेरि जहाज अवतरण नहुँदा स्थानीय निरास बनेका छन्।

करिब ३१ वर्ष लगाएर निर्माण गरिएको उक्त विमानस्थलमा गत वर्षको माघमा परीक्षण उडान गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरको जहाज सफल अवतरण भएको थियो । परीक्षण उडान सफल भएपछि कोटवाडामा नियमित उडानको घोषणा पनि भयो । परीक्षण उडानले हर्षित स्थानीयले त्यसपछि भने आँगनमा जहाज देख्न पाएनन्। अन्नपूर्ण पोस्टमा खबर छ।

चिहानमाथि खुसीको पर्खाइ
१६ वर्षअघि विमानस्थल निर्माणमा खटिएका ३६ मजदुरको एउटै चिहान भएको थियो । विमानस्थल निर्माणमा खटिएका कामदारमाथि माओवादीको आरोपमा सेनाले आक्रमण गरेको थियो । सोही क्रममा ३६ जना मजदुरले ज्यान गुमाएका थिए।

उनीहरू मारिएकै स्थानमा विमानस्थल निर्माण भएको छ। ०५८ साल फागुन १५ गतेको त्यो पीडालाई स्थानीयले अहिले पनि भुल्न सकेका छैनन् । चिहानमाथि गत वर्ष जहाज अवतरण गर्दा स्थानीयको पीडा भने केही हल्का भएको थियो।

सेनाले मजदुरको हत्या गरेपछि उनीहरूको शव विमानस्थलको छेउमा एउटै खाल्डोमा पुरिएको थियो । स्थानीय बासिन्दा त्यही चिहानमाथिको विमानस्थलमा नियमित जहाज अवतरणको पर्खाइमा छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20340