सन फ्रान्सिस्कोमा नीता ढुंगानाले जितिन् उत्कृष्ट मुख्य अभिनेत्रीको पुरस्कार

विजय थापा / एचकेनेपाल डट कम –

अभिनेत्री निता ढुंगाना सन् फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छिन्। नेपालमा राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेकी नीताले अन्तर्राष्ट्रिय पुरस्कारसमेत जित्न सफल भएकी हुन्।

अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित सन फ्रान्सिस्को चलचित्र महोत्सवमा उनीद्वारा अभिनित ऐतिहासिक चलचित्र ‘पंचायत’ ले बिदेशी भाषाको उत्कृष्ट चलचित्र विधामा र नायिका निता ढुंगानाले उत्कृष्ट मुख्य अभिनेत्री विधामा पुरस्कार जितेका हुन्।

सानै उमेरदेखि अभिनयमा लागेकी ढुंगानाले हाल सम्म २१ भन्दा बढी चलचित्रहरुमा अभिनय गरि सकेकी छिन्। उनको चर्चित चलचित्र रुमा दबाव, छ एकान छ , नोटबुक, मसान , हाम्रो माया जुनी जुनीलाई, निर्भयलगायत छन्। पंचायत उनको पछिल्लो चलचित्र हो।

पंचायतमा किशोरीको भूमिकामा देखिएकी निताको सशक्त अभिनय कै कारण अन्तर्राष्ट्रिय पुरस्कारबाट उनलाई सम्मान गरिएको हो।

यसरी नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव सहभागिता र सम्मानित हुदा यसले नेपालको पर्यटन प्रबर्धनमा ठूलो सहयोग र अन्तर्राष्ट्रिय जगतमा नेपालको बारेमा राम्रो छवि बढ्ने छ,सिलिकन भ्यालीका पर्यटनदूत प्रकाश थापाले बताए।





Comments

comments

Leave a Reply

20342