वाईसीएलद्वारा कठोर कदम उठाउने चेतावनी !

माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरेर सरकारले निर्वाचन भाँड्ने षड्यन्त्र गरेको आरोप लगाएको छ।

वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुवोधराज श्रीपाइलीले मंगलबार विज्ञप्ति जारी गर्दै ढुंगेललाई रिहाइ नगरिए ७७ वटै जिल्लाबाट कांग्रेस र राप्रपाका नेतामाथि लागेका द्वन्द्वकालीन मुद्दा ब्यूँताएर मुद्दा चलाउने चेतावनी दिएका छन्।

संगठनका जिल्ला समितिलाई त्यस्ता मुद्दा ब्यूँताएर कांग्रेस, राप्रपाका नेतालाई मुद्दा दायर गर्न वाईसीएलले निर्देशन दिएको छ । उसले ढुंगेल प्रकरणलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत हेर्न आग्रह गरेको छ।

‘द्वन्द्वकालका गम्भीर घटनामा सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत हेरिने भन्ने वृहत शान्ति सम्झौताको उल्लंघन मात्रै होइन, देश निर्वाचनमा होमिरहँदा निर्वाचन भाँड्ने षड्यन्त्र हो,’ वाईसीएलले भनेको छ, ‘आयोगमार्फत हल गर्न र तुरुन्त रिहाइ गर्न आग्रह गर्छौं ।’ अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङले पनि ढुंगेललाई रिहा नगरे क्रान्तिकारी विद्यार्थी प्रतिरोधमा उत्रने बताएका छन्। अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

20364