बेलायतमा यसरी मनाईयो महाकवि देवकोटा जयन्ती

बेलायतमा यसरी मनाईयो देवकोटा जयन्ती, थप समाचारः

सुरेन्द्र इङ्नाम
केन्ट, वेलायत । विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले शनिवार १०९ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती एक कार्यक्रम बीच सम्पन्न गरेको छ।

महाकवि देवकोटाको फोटोमा संयुक्त रुपमा माल्यार्पण पश्चात गीतकार टि माया राईले महाकवि देवकोटाको जीवनी प्रस्तुत गरेका थिए।

पहिलो चरणमा स्रष्टाद्धय दिपेन्द्र थुलुङ राई र लाहाङ चेम्जोङलाई सम्मान गरिएको थियो। त्यसका साथै महासङ्घ केन्द्रले रसियन भाषामा प्रकाशित गरेको कविताहरुको संग्रह “नेपाली कविता कुञ्ज” पनि सम्मानितद्धय, बिनेसाम साउथका अध्यक्ष बिजय हितान र साहित्यकार घन थापाले संयुक्त रुपमा विमोचन गरे।

कवि घन थापा, टि माया राई, अमित थेबे, लोक बहादुर गुरुङ, लाहाङ चेम्जोङ, बिजय हितान, विश्वास दीप तिगेला, औतारी साईला र चन्द्रावती राईले सिर्जना वाचन गरेका थिए। जानुका पुन मगर “ए कान्छा ठट्टैमा यो बैश जान लाग्यो बोलको गीत र मोहन लिम्बुले आफ्नै कम्पोज र शब्द रहेको गीत गायकी प्रस्तुत गरेका थिए। त्यस्तैगरी सुरेन्द्र इङ्नामले बाँसुरीमा देबकोटाको गीति कविता “कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो” लाई बजाएर सुनाएका थिए।

दोस्रो चरणको समिक्षात्मक कार्यक्रममा अमित थेबेले शोभा कुमारी गजुरेलद्वारा लिखित “संविधान कस्का लागि” नामक कविता संग्रहको समिक्षा गरे। उक्त संग्रहमा ६४ वटा कविताहरु अटाएका छन । लेखिका आफै देश द्वन्दकालमा विस्थापित भएर जर्मन, बेल्जियम हुदै फ्रान्स आएर बसोवास गरिरहेकी छिन्। कविता संग्रहको “यो संविधान कस्का लागि” शीर्षकको कविता पनि वाचन गरेका थिए । कवयित्री वामपन्थी नेता सीपी गजुरेलको सुपुत्री हुन्।

दिउसो १२ बजेबाट शुरु भएर साँझ ५ बजेसम्म चलेको उक्त समारोहलाई समारोहका अध्यक्ष विश्वास दीप तिगेलाले युकेमा आउदो बर्ष विश्व साहित्य सम्मेलन गर्ने योजना पनि रहेको बताए।

महासङ्घ केन्द्रीय अध्यक्ष तिगेलाको अध्यक्षता सम्पन्न समारोहमा बेलायत तथा नेपालबाट आएका साहित्यप्रेमी र साहित्यनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई साउथ शाखाका अध्यक्ष बिजय हितानले सञ्चालन गरेका थिए।





Comments

comments

Leave a Reply

20409