बस्ताकोटीको गजल स्पर्श क्यानाडामा विमोचन

गजलकार ॠषि बस्ताकोटीको एल्बम गजल स्पर्श विजयादशमीको अवसरमा आयोजित एक समारोहका बीच क्यानाडाको क्याल्गेरी शहरमा विमोचन गरियो।

क्याल्गेरीस्थित स्प्रिङ्ग वूड् सामुदायिक भवनको सभाकक्षमा आयोजित समारोहमा हाल क्यानाडा भ्रमणमा रहनुभएका बारिस्ठ समालोचक निनु चापागाइले एल्बम गजल स्पर्शको विमोचन गर्नुभयो । विमोचन मन्तव्यको क्रममा उहाले “गजल स्पर्श” भित्र सुन्दर र कर्णप्रिय गजलहरू रहेकोले यसले श्रोताहरूको मन जित्ने विश्वास व्यक्त गर्नुभयो । उहाले एल्बममा सङ्रहित गजलहरू अत्यन्त सुन्दर र मर्मस्पर्शी रहेको, झन त्यसमा उपयुक्त संगीत र लोकप्रिय गायकगायिकाहरूको स्वरले अझ श्रुतिमिठास भरिएको बताउनुभयो । करिव दुई दशक पहिलेदेखि साहित्यिक कर्ममा लागेका बस्ताकोटी सामाजिक चेत भएका साहित्यिक व्यक्तिको रुपमा आफुले पाएको र उनको व्यक्तित्व र कृतित्वका वीच तालमेल भेटेकोले आफु बस्ताकोटीबाट प्रभावित भएको समालोचक चापागाइले बताउनुभयो । विमोचन समारोहमा क्याल्गेरी नेपाली सामुदायिक संस्थाका अध्यक्ष प्रेमचन्द्र गुरुङ्ले आफ्नो संस्थाले विजयादशमीको पवित्र समयमा यो एल्बम बिमोचन कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो साथै उहाले एल्बमको सफलताको कामना गर्दै उपस्थित महानुभावहरूलाई एक एक प्रती एल्बम किनेर सुनिदिन र गजलकार बस्ताकोटीको सामाजिक अभियानमा पनि टेवा पुर्याइदिन अनुरोध गर्नुभयो । कार्यक्रममा गजलकार बस्ताकोटीले एल्बमको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम नेपालको ग्रामीण भेकका आर्थिक्-सामाजिक रुपमा पछी परेका बालबालिकाहरूको शिक्षामा पहुच बढाउनको लागि खर्च गरिने जानकारी दिनुभयो।

एल्बममा ॠषि बस्ताकोटीको एकल शव्द र गैरे सुरेशको एकल संगीत रहेको छ भने नेपालका चर्चित गायक गायिकाहरूको स्वर रहेको छ । चेरी फुल्दा परदेशमा (निशा देशार), ओखती छ तनको बिरामीलाई (मनोजराज), दु:खमा जो साथी हुन्छ (दीपक लिम्बु / सुजाता उप्रेती), आयौ तिमी एकान्तमा (रीमा गुरुङ), तिम्रो दु:ख मेरो दु:ख (सत्यराज आचार्य र आकंक्ष्य बस्यालको युगल स्वर) एल्बमभित्र समेटिएका छन्।

विमोचनको समयमा एल्बम बिक्रिबाट तीन सय क्यानेडियन डलर (नेपाली रुपैया छब्बिस हजार दुई सय) उठेको र सो रकमबाट चितवनको सिद्धी गाबिस लोतन्तीस्थित प्राथमिक विद्यलयमा अध्ययन गर्ने विपन्न चेपाङ बाल बालिकाहरूलाई विद्यालयमा खाजा खुवाउनको लागि सहयोग स्वरुप प्रदान गरिने कुरा गजलकार बस्ताकोटीबाट थाहा भएको छ।





Comments

comments

2042