कवि उपेन्द्र सुब्बा सुनिए कतारमा

सताराम थापा, दोहा –

नेपाली साहित्यका महाकविका रुपले चिनिने लक्ष्मीप्रसाद देबकोटाको १०८ औ जन्म जयन्ती कतारमा बिबिध कार्यक्रमका साथ गत शुक्रवार भब्य रुपमा सम्पन्न भएको छ।

कतारमा स्थापित संस्थाहरु अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर , नबोदित साहित्यिक वाचनालय कतार , सन्ध्या ग्रुप अन्तर्गत मुग्लानी सौगात त्रैमासिक पत्रिका र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अन्तर्गत साहित्य विभागको संयुक्त आयोजनामा एकै दिनमा एउटै मंचमा अनेसास नबोदितको नियमित साहित्यिक वाचनको ७५ औ ऋंखला , नेपाली कला केन्द्रका कलाकारहरुको सांगीतिक प्रस्तुति , नेपालबाट आमन्त्रित कबि उपेन्द्र सुब्बाको एकल कविता वाचन , गायक तथा साहित्यिक सर्जक हरी बिनोद अधिकारीको गीति एल्बम “पन्चे बाजा “ को लोकार्पण र चलचित्र निर्देशक प्रकाश आङ्देम्बेद्वारा निर्दे्शित चलचित्र “देश खोज्दै जादा “ को प्रदर्शन गरी फरक फरक ५ वटा कार्यक्रमहरु सम्पन्न भए।

पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यकममा नेपाली कला केन्द्रका कलाकारहरुले लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित “कुन मन्दिरमा जान्छौ यात्री ….. र मुना मदन खण्ड काब्यका गीतहरुलाई उत्कृष्ट शैलीमा गाएका थिए भने महाकवि देबकोटाको जीवनी “अडियो रेकर्ड ” मार्फत प्रस्तुत गरिएको थियो।

नेपाली साहित्यका साथै अभिनय क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान बनाइ सकेका तथा “खोलाको गीत” ,“लाटो पहाड” आदि जस्ता कबिता संग्रहसमेत प्रकाशित गरी सकेका कबि उपेन्द्र सुब्बाले आफ्नै कबिता संग्रह “खोलाको गीत” बाट केहि थान कबिताहरु वाचन गरेका थिए। बिषय बस्तु र परिस्थितिलाई जस्ताको तस्तै कबितामार्फत उतार्न सक्ने खुबी भएका कबिले निकै हसिलो शैलीमा “सायद , जड्याहाको तर्क ,समान अन्तर , आमाको नाम , ढुंगाको मन , भेडेटारको पिकनिक आदि शीर्षकका रमाइला कबिताहरु सुनाएका थिए।

बिगत केहि वर्षदेखि कतारमा स्थापित भइ बिबिध साहित्यिक गतिविधिहरु संचालन गर्दै आइरहेका अनेसास कतार र नबोदित साहित्यिक वाचनालय दुई साहित्यिक संस्थाहरुले कवि उपेन्द्र सुब्बा र चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई सस्थाको मानार्थ सदस्यता प्रदान गरेको थियो।

भुटानबाट नेपाल आई शरणार्थी जीवन बिताइरहेका भुटानी शरणार्थीहरुको कस्टकर जीवन र उनीहरुले आफ्नो स्वदेश फर्कन गरेको संघर्षलाई बिषय बस्तु बनाएर बनाइएको चलचित्र “ देश खोज्दै जादा” को प्रदर्शनले उपस्थित दर्शकहरुलाइ निकै भाबुक र गम्भीर बनाएको थियो । मानिसले जस्तो सुकै कठिन परिस्थितिमा आफू जन्मेको माटो र आफ्नो जन्म भूमिप्रतिको मायालाई कहिल्यै विर्सन सक्दैन भन्ने कुरालाई चलचित्रमा देखाइएको छ।

नेपाली दूतावास कतारका द्वितीय सचिव हरि प्रसाद अर्यालको प्रमुख आतिथ्यता तथा कार्यकम संयोजक श्याम राज रानाभाटको सभापतित्वमा सम्पन उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ ,विभिन्न राजनीतिक दलका भात्रृ संगठन ,जिल्ला सस्था , मातृ संस्था आदिका पदाधिकारीहरु तथा थुप्रै सामाजिक अभियन्ताहरु , बुद्दिजीबी, पत्रकार आदिको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन लेख कार्कीले गरेका थिए।

फोटोः दीलिप फोटोग्राफी





Comments

comments

Leave a Reply

20428