डीसीमा ‘छक्का पञ्जा २’ हेर्नेको घुईचो

विजय थापा –

दीपाश्री निरौला निर्देशित तथा दीपकराज गिरी र विभिन्न हाँस्य कलाकार मिलेर बनाएको चलचित्र ‘छक्का पञ्जा २’ हेर्न डिसीमा हेर्ने दर्शकको घुईचो लागेको छ।

अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शित भएको उक्त चलचित्र हेर्न दर्शकको घुईचो लागेको थियो।

अधिकांश दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् भने चलचित्रको कथावस्तु दर्शकलाई राम्रो लागेको ,समय काटेको थाहा नै भएन ,राम्रो चलचित्र हेरुन्जेल मनोरंजन लागेको र चलचित्रमा खारिएका हास्यकलाकार भरिभराउ भएकोले दर्शकले मनोरंजन गरेको बताए।

दर्शकले प्रियंका कार्कीको भूमिका निकै रुचाएको प्रतिकृया दिए। चलचित्रले अष्ट्रेलिया जानका लागि हुने कागजी सम्बन्धको कथालाई हास्य व्यंग्य शैलीमा उठान गरेकोले मन परेको बताए । अहिलेको बिदेशी जीवन शैलीलाई राम्ररी चित्रण गरेको बताए।

मनोरंजनको दृष्टिकोणले राम्रो ,अहिलेका पिढीहरु र पढे लेखेकाहरु विदेश जाने जुन प्रवृति छ यो चलचित्रले पकड गरेको र बढो मनोरन्जनात्मक शैलीमा प्रस्तुत गरेको प्रा डा गोपी उप्रेतीले बताए। यसै गरि युवा नृत्य निर्देशक नबिन केसीले खारिएका कलाकार भएकोले राम्रो लागेको बताए।

यसै गरि पत्रकार गुणराज लुइँटेलले जीवन शैली कतिको जटिल भै रहेको ,कागजी बिबाह र अहिले जुन समस्या छ यसको बारेमा राम्रो प्रस्तुति दिएको बताए। साहित्यकार गोविन्द गिरि प्रेरणाले मनोरन्जनात्मक रहेको प्रतिक्रिया दिए।

दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, केदार घिमिरे, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, आयुष्मान देशराज लगायतका कलाकारको राम्रो भूमिका रहेकोले सन्तुष्ट भएको दर्शकको प्रतिक्रिया थियो।





Comments

comments

Leave a Reply

20430