गायक राईलाई अमेरिकामा अहिलेसम्म कै ठूलो सम्मान, राईको नाममा प्रत्येक वर्ष’राई इज किङ डे ‘ फेस्टिभल मनाईने

भिडियो समाचार हेर्नको लागि कृपया प्ले बटनमा क्लिक गर्नुहोलाः

चर्चित गायक राजेपायल राईलाई अमेरिकामा अहिलेसम्म कै ठूलो सम्मान दिइएको छ। रोचेस्टर सिटीले राईको नाममा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभल मनाईने भएको छ। त्यसै गरी, रोचेस्टर सिटीले ‘इन्टरनेशनल पप स्टार’ को उपाधिसमेत प्रदान गरेको छ। थप समाचारः

पशन तमू , न्युज डेस्क / एचकेनेपाल डट कम –

राई ईज किङ अर्थात राजेशपायल राईलाई अमेरिकामा अहिलेसम्म कै ठूलो सम्मान दिइएको छ।

गायक राईलाई अमेरिकाको रोचेस्टर सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा. केर्डिक एल. अलेक्जन्डरले संयुक्त रुपमा सम्मानित गरेका हुन्।

रोचेस्टर सिटी हलमा गायक राईलाई प्रमाणपत्रसहित सम्मानित गरेको हो।

कार्यक्रममा बोल्दै डेपुटी मेयर डा. अलेक्जन्डरले अब रोचेस्टर सिटीमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभलको रुपमा मनाउंने घोषणा गरे।

सोही कार्यक्रममा राईलाई ‘इन्टरनेशनल पप स्टार’ उपाधि प्रदान गरिएको छ।

नेपाली कलाकारलाई अमेरिकामा अहिलेसम्म कै ठूलो सम्मान प्रदान गरेको भन्दै राईले रोचेस्टर सिटीप्रति आभार व्यक्त गरे।

कार्यक्रम अहिलेसम्म कै भव्य, सभ्य र यति ठूलो पदाधिकारीबाट नेपाली कलाकार सम्मानित भएको जानकारी आयोजक विजय खड्काले बताए।

नेपाली कलाकारलाई विमानस्थलबाट अमेरिकी प्रहरीले कार्यक्रम स्थलसम्म सुरक्षा प्रबन्ध दिएको यो पहिलो पटक भएको खड्काले बताए।

राईले थाहा पाए दोबाटोमा, नमाग मसंग सहारा नमाग, तिमीले बाटो फेर्यौ अरे, दर्शन नमस्ते – ३, दर्पण छायाँ – २ र झिमझिम गर्ने परेलीलगायत गीत गाएर भरपूर मनोरञ्जन दिएका थिए।

राई डिसेम्बर २५ तारिख हङकङ आउंदैछन्।

यो पनि हेर्नुहोस्
नेपालका नम्बर १ गायक राजेशपायल राई

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20445