शुरु गर्‍यो चिनियाँ टोलीले रेलमार्गको अध्ययन

नेपालमा रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्न आएको चिनियाँ टोलीले स्थलगत अध्ययन सुरु गरेको छ।

काठमाडौं आइपुगेको उपमन्त्री झेङ नेतृत्वको नेशनल रेलवे एडमिनिस्ट्रेसनको २३ सदस्यीय टोलीले मंगलबारदेखि स्थलगत अध्ययन सुरु गरेको खबर कारोबार दैनिकमा छ।

जिङ र रेल विभागका प्रतिनिधिहरुको टोलीले रसुवागढीदेखि अध्ययन सुरु गरेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए।

केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्गको सम्भाव्यताबारे अध्यन गर्न आएको टोलीले सोमबार भैतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका प्रतिनिधिसँग छलफल गरेको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20469