धनगढीबासी बन्न ३ करोडको घर किन्दै प्रधानमन्त्री पत्नी आरजु

कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन्।

बैला रकम दिएर किन्न लागेको घरमा उनी बस्नसमेत सुरु गरिसकेकी छिन्।

उनले धनगढी ४ उत्ररबेहेडीमा रहेको शारदा हमलाको नाममा रहेको दुईतले सुविधासम्पन्न घर किन्न लागकी हुन्।

बुधबार संवाददाता समाचार संकलनका लागि पुग्दा उनी घरको बाहिर बसेर कार्याकर्तासंग कुरा गरिरहेकी थिईन्। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

20475