गौचन हत्याको एक महिना : मोटरसाइकल भेटिए, अझै भेटिएनन् हत्यारा

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको बिहीबार एक महिना पुगेको छ।

तर, केही दिनभित्रै अपराधी पक्राउ गर्ने दाबी गरेको प्रहरीले अझै पनि हत्यारा पत्ता लगाउन सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ।

अहिले मृतकका आफन्त तथा निर्माण व्यवसायीहरू हत्यारा पत्ता लाग्न नसकेको भन्दै आक्रोशित छन्। महिना बितिसक्दासमेत प्रहरी अनुसन्धानबाट कुनै उपलब्धि हासिल हुन नसकेको उनीहरूको आरोप छ।

२३ असोजमा घरबाट कार्यालय जाने क्रममा बानेश्वर, शान्तिनगरमा गाडीभित्र रहेका गौचनमाथि गोली प्रहार भएको थियो। अस्पताल लैजाने क्रममा उनको मृत्यु भयो।

१ महिनामा प्रहरीले के गर्‍यो?
घटनाको भोलिपल्टै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालयका डिआइजी केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा विशेष ब्युरो, सिआइबी, अपराध महाशाखाका तथा महानगरीय प्रहरी कार्यालयका प्रहरी अधिकृतहरू छन्।

अनुसन्धान सुरु भएको एक साताभित्र प्रहरीले घटनामा प्रयोग भएका दुईवटा मोटरसाइकल बरामद गरेको थियो । बरामद गरिएको एउटा पल्सर र एउटा साइन ब्रान्डको मोटरसाइकलमध्ये एउटा मोटसाइकल चोरीको थियो । अर्को मोटरसाइकल एक वर्कसपको नाममा दर्ता भएको प्रहरीले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

20501