अमेरिकामा नेपाली चेली नर्बदा क्षेत्री ‘कुईन्स एम्बासडर पुरस्कार’ बाट सम्मानित

विजय थापा –

विश्वकै सम्राट राज्य मानिने न्यूयोर्क शहरमा बसोबास गर्दै आएकी मानव अधिकारकर्मी तथा सामाजिक कार्यकर्ता नर्बदा क्षेत्री ‘कुईन्स एम्बासडर पुरस्कार-२०१७’ द्वारा सम्मानित भएकी छन्।

उनीसहित २५ जना आप्रवासीहरुलाई असाधारण, उदाहरणीय तथा फरक समुदायमा काम गरे वापत सम्मान गरिएको हो।

उनलाई न्यू योर्कस्थित झण्डै एक सय बर्षअघि स्थापना भएको टाइम्स लेजर पत्रिकाले उक्त पुरस्कारद्वारा सम्मान गरेको हो। अधिकारकर्मी छेत्रीलाई यस अघि सन् २०१२ मा न्यू योर्क शहर डिस्ट्रिक्ट २५ काउन्सिल सदस्य डानियल ड्रमले ‘इमिग्रेन्ट हेरिटेज अवार्ड’ द्वारासमेत सम्मान गरेका थियो।

न्यू योर्क शहरको कुइन्सस्थित बिशेष गरी नेपाली दिदीबहिनीहरुको हक अधिकारको निम्ति कृयाशिल संस्था ‘अधिकार’ की कार्यक्रम तथा संगठन निर्देशक अधिकारकर्मी छेत्रीसंग नेपालमा झन्डै १५ बर्ष मानब अधिकारको क्षेत्रमा काम गरेको अनुभब छ।

अधिकारकर्मी नर्बदा छेत्रीकै सक्रिय नेतृत्वमा अधिकारले न्यूयोर्कका अन्य आप्रबासी कामदार सम्बन्धी क्रियाशील संघ संस्थाहरुसंग मिलेर सन् २०१० को जुन १ तारिख न्यूयोर्क राज्य संसदबाट घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित गराउन सफल भईसकेको छ। न्यूयोर्क राज्यपछि हवाई, क्यालिफोर्निया, मासाचुसेट्स र ईलिनोई राज्यले घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित गरिसकेको छ।





Comments

comments

Leave a Reply

20525