उम्मेदवारमाथि ऋंखलाबद्ध आक्रमण हुन थालेपछि फायरिङ गर्न छुट


उम्मेदवारमाथि ऋंखलाबद्ध आक्रमण हुन थालेपछि फायरिङ गर्न छुट

चुनावी प्रचारमा लागेका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण प्रयास हुन थालेपछि उम्मेदवार सुरक्षालाई मजबुत बनाउन सरकार लागिपरेको छ।

शनिबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेर सबै उम्मेदवारको सुरक्षामा सुरक्षाकर्मी परिचालनमा कुनै त्रुटि नराख्ने विषयमा छलफल भएको छ । गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकमा उम्मेदवारको सुरक्षामा कमजोरी हुन नदिन तीनवटै सुरक्षा निकायका प्रमुखलाई सापकोटाले निर्देशनसमेत दिएका छन्।

माओवादी केन्द्रको गढ मानिएका जिल्लामा केन्द्रकै उम्मेदवारमाथि आक्रमण प्रयास भइरहेका छन् । शनिबार रोल्पामा वर्षमान पुनलगायत वाम गठबन्धनका उम्मेदवार सवार गाडीलाई लक्ष्य गरेर माइन विस्फोट गराइएको थियो।

नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताले उक्त विस्फोट गराएको सूचना प्रहरीले पाएको छ । शुक्रबार रुकुममा माओवादी केन्द्रकै उम्मेदवार एवं पूर्वगृहमन्त्री जनार्दन शर्मालाई लक्ष्य गरेर बम विस्फोट गराइएको थियो।

वाम गठबन्धनका उम्मेदवारमाथि मात्रै नभएर चुनाव नजिकिँदै जाँदा कांग्रेसलगायत मधेसी गठबन्धनका उम्मेदवारमाथि आक्रमण प्रयास हुन सक्ने भन्दै सचिव सापकोटाले सुरक्षा निकाय ‘हाईअलर्ट’ हुनुपर्ने निर्देशन दिए । विप्लव र उनका कार्यकर्तालाई सामान्य रूपमा नलिन सापकोटाले सुरक्षा निकायका प्रमुखलाई सुझाएका थिए।

स्रोतका अनुसार सापकोटा बैठकमा चुनाव भाँड्ने समूहले हतियार विस्फोट गराउन थालेपछि प्रहरीले परिस्थितिअनुसार जफावी फायरिङ गर्न सक्ने छुट प्रहरीलाई भएको स्पष्ट पारेका थिए। अन्नपूर्ण पोष्टमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20538