गायिका मेलिना र दलजेरी राई प्रीतिको सुबास छर्दै

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-
लण्डन, गीतकार राम रेप्चुङ राईको रचना मायाप्रेममा आधारित ‘सिरिमा सिरी’ बोलको म्युजिक भिडियोको छायांङकनमा चुनावी सुरक्षामा खटिएका प्रहरी गस्तिटोलिले सुटिङ्गस्थलमा पुगेर मनोरन्जन लिईएको गीतलाई सङस् नेपालले आफ्नो सामाजिक संन्जाल युट्युव मार्फत सार्वजनिक गरेका छन्।

सोल्टा-सोल्टिनी भित्रको मायाप्रेममा सजिएको रचनालाई चर्चित गायिका मेलिना राई र गायक दलजेरी राईले मिठो आवाज दिएका छन्। अमेरीकाबासी गायक राईले पहिलो पटक रेकर्ड गरिएको गीतमा एउटा सुन्दर जवानीलाई हरेक उपमाले नामकरण गर्दै कहिले रानीबनको फूलको उपमा कहिले माया प्रीति लगाएर सुबास छरौ जस्ता सुन्दर विम्बूहरुले मिठो माया र सम्वोधनको भाव गीतकार राईले प्रस्तुत गीतमा झल्काएका छन्।

मोडल शिल्पा तामाङ अभिनित भिडियोमा डान्स ग्रुप ‘भीमफेदी गाइज’ को फिचरिङ रहेको छ । निर्मल लामाद्वारा निर्देशित ‘सिरिमा सिरी’ बोलको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् भने चर्चित संगीतकार बसन्त सापकोटाले मिठो संगीत भरेका हुन्।

भोजपुरको सिन्दाङमा जन्मिएका रेप्चुङले नेपाली सांगीतिक क्षेत्रमा छुट्टै किसिमका गीति लेखन वि. स. २०६२ सालदेखि सुरुवात गरेका थिए । उनले केही साताअघि मात्र ‘सोल्टीज्यू’ बोलको पूर्वेली लोकआधुनिक गीतको भिडियो सार्वजनिक गरेका थिए । म्युजिक भिडियोले सांगीतिक बजारमा चर्चा पाइरहेकै बेला उनले ‘सिरिमा सिरी बतासै चल्यो‘’ बोलको भिडियो यु-ट्युबमार्फत सार्वजनिक गर्ने निर्णय लिएका हुन्।

नेपाली सांगीतिक क्षेत्रमा व्यवसायिक गीतकारका रुपमा स्थापित रेप्चुङले आमा-बुबाको मायाको अनुभूति गर्न नपाउदै टुहुरो बने । आफ्नो बाल्यकाल र अहिलेको गीतिकारितालाई सम्झिँदै रेप्चुङले भने- ‘ ‘सानो उमेर छदै दुःखमा झेलिएका कारण गीतकारको रुपमा स्थापित हुदैछु, यो मेरा जीवनका दुःखहरु अन्तत गीतमा उतारेर आत्मसन्तुष्टि लिईरहेको छु।’

नेपाली फिल्म ‘हिरासत’ मा ‘तिम्रो ओठैको लालिमा’ बोलको गीत लेख्न अवसर पाएका गीतकार राईको प्राश्व लेखनमा झन् दरिलो सम्भावना बढ्दै गहिरहेको संगीतकार चन्द्र श्रेष्ठले बताए । उनले रचना गरेका ‘डोली चढि गयौ तिमी’,‘कति बोक्न’,‘भुलु भन्छु बैगुनिलाई’,‘सागर कसले बनाया’,‘तिमीले टेक्ने धर्ती एउटै’,मोरङ जिल्ला’,‘तिमीलाई भेट्न’,‘सोल्टीज्यू’,‘छाडेपनि यो हावा बहन’,‘बरैको छाया’ लगायत ३०० भन्दा बढी गीतहरुले दर्शक श्रोताहरुको मन जित्न सफल बनिरहेका गीतकार अहिले स्वदेश तथा विदेशमा रहेका दर्शकहरु माँझ निकै चर्चामा आउन थालेका छन्।





Comments

comments

Leave a Reply

20582