‘छोरालाई अस्पतालसमेत लैजान पाइएन’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरा प्रकाशको वियोगबाट परिवारमा ठूलो चोट परे पनि राष्ट्रप्रतिको दायित्वबोधले शोकभन्दा माथि उठ्न शक्ति मिलेको बताएका छन्।

पुत्रवियोगमा प्राप्त समवेदनाले शोक सहन गर्न सघाएको उनले प्रतिक्रिया दिए।

‘उनको अभावमा हाम्रो परिवारलाई ठूलो चोट परेको छ, अस्पतालसमेत लैजान पाइएन प्रकाशलाई,’ दाहालले सोमबार लाजिम्पाट निवासमा सञ्चारकर्मीसँग भने, ‘राष्ट्रप्रति हाम्रो दायित्व छ भन्ने अनुभूतिले हामीलाई शोकभन्दा माथि उठ्न शक्ति दिएको छ।’

दाहालले छोरा प्रकाशबाट चुस्त प्रेस सम्बन्ध र अन्य आन्तरिक व्यवस्थापनमा ठूलो सहयोग गरेको सम्झना गरे । राजनीतिक विषयमा समेत छोराका सल्लाहहरू महत्वपूर्ण हुने गरेको उनले स्मरण गरे। अन्नपुर्ण पोष्टमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20688