मधुमेहमा केरा खान हुन्छ कि हुदैन?

मधुमेहमा केरा खान हुन्छ कि हुदैन?

मधुमेह भएको मानिसले आफ्नो आहारामा विशेष ध्यान दिनुपर्छ । जथाभावी खाने गरेमा मधुमेह अनियन्त्रित भएर गम्भीर शारीरिक समस्या आउन सक्छ । विशेषगरी कार्बोहाइड्रेट भएका खाद्यवस्तु खाँदा विचार पुर्याउनु आवश्यक छ। यसमा अन्न, तरकारी मात्र होइन फलफूल पनि पर्छन्।

मधुमेह रोगीले खान नहुने परम्परागत मान्यता रहेको एउटा फल हो केरा । मधुमेह भएकाले केरा खानै हुन्न, केरामा कार्बोहाइड्रेटको मात्र धेरै हुन्छ भन्ने सोचाइ छ तर त्यसो हुँदैन । बरु मधुमेह भएका मानिसले थोरै मात्रामा केरा खाने गरेमा त्यसबाट फाइदा मिल्छ

समग्रमा भन्नुपर्दा केरामा स्याच्युरेटेड चिल्लो, सोडियम र कोलेस्टेरोल निकै कम हुन्छ । केरामा शरीरलाई अत्यावश्यक पोषक तत्व भिटामिन बी ६, पोटासियम र म्याग्निजको राम्रो संयोजन हुनेगर्छ । तथापि केही चिकित्सकले मधुमेह रोगीलाई केरा खाँदा विचार गर्न सुझाव दिन्छन् किनभने केरामा क्यालोरीको उच्च मात्रा हुन्छ।

एउटा सामान्य आकारको केराको ग्लाइसेमिक इन्डेक्स ११ हुने जानकारी हार्वर्ड हेल्थ पब्लिसिङमा दिइएको छ। रगतको ग्लुकोज मात्रामा खाद्यवस्तुले पार्ने प्रभावलाई ग्लाइसेमिक इन्डेक्सले मापन गरिन्छ । १० भन्दा कम ग्लाइसेमिक इन्डेक्स हुनुलाई राम्रो मानिन्छ ।

कम चिनी भएका फलफूलको नाम लिँदा स्याउ, अङ्गुर र नासपाती पर्छन् । यसैगरी मेवा र भुइँकटहरमा धेरै चिनी हुन्छ । केरामा केही बढी कार्बोहाइड्रेट भए पनि मधुमेह रोगीले केरा खान चटक्कै छाड्नुहुन्न । किनभने केरामा हुने अन्य पोषक तत्व शरीरलाई चाहिन्छ।

मधुमेह नियन्त्रणमा राख्न प्रत्येक छाकमा आफूले कत्तिको कार्बोहाइड्रेट खाइरहेको छु भन्ने हेक्का राख्नु जरुरी छ । मध्यम आकारको एउटा केरामा करिब ३० ग्राम कार्बोहाइड्रेट हुन्छ । यसैबाट आफूलाई कत्तिको मात्रामा कार्बोहाइड्रेट चाहिएको छ र केरा कति खाने भन्ने निर्णय लिनुपर्छ। गोरखापत्रमा खबर छ।





Comments

comments

Leave a Reply

20692