को हुन् बेलायतको ‘एभरेष्ट आईडल’ जित्ने यि गायकहरु..?

मुकेश राई / एचकेनेपाल डट कम-

लण्डन, ई-मिडिया हब वेलायतले स्थापनाकालको प्रथम बर्ष नै एउटा ऐतिहासिक कार्यको सुरुवात सफलतापूर्वक गरिसकेको छ।

स्वदेशबाट टाढा परदेशी भूमिमा रहेर पनि आफ्नै थातथलो र स्वदेश मोहले नेपाली कला, भाषा, साहित्य, संस्कार, संस्कृतिहरुलाई विभिन्न तवरले व्यक्तिगत र सांगठनिक रुपमा सम्भार सम्बर्द्वन गरिरहेको अवस्थामा ‘एभरेष्ट आईडल वेलायत’ पनि यसैको एक दृष्टान्त हो भन्दा फरक नपर्ला।

एभरेष्ट आईडल अन्तर्राष्ट्रिय स्तरमा आयोजित फ्रान्चाइस कार्यक्रम कै प्रतिरुपमा प्रस्तुत भएता पनि यसको छुट्टै मूल्य र मान्यता छ । संसारको हरेक कुनामा जहाँ जहाँ हामी नेपाली छरिएर रहेका छौ तिनै स्थानहरुबाट कुनै न कुनै रुपमा अहिले गीत संगीतको माध्यमबाट हामी हाम्रो देश नेपालसँग जोडिएका छौ । तर पनि यस क्षेत्रमा लागिपर्ने सम्बन्धित सर्जकहरु प्रदेशी भूमिबाट गीतसंगीतमा लागी पर्नु सहज नभएको कतिपयले गुनासो पोखिरहेका छन््।

मनभरी रहर र आफ्नो गायनमा क्षमता हुँदा हुँदै पनि मनको ईच्छा मनमै मारेर आफ्नो दैनिक रोजी–रोटीको निम्ति ब्यस्त रहनु पर्ने बाध्यता छ । ई-मिडिया हब वेलायतले ‘एभरेष्ट आईडल’ मार्फत कम्तीमा पनि बेलायतभरी छरिएर रहेका गीतसंगीतमा केही गर्छु भन्ने सबै उमेरका गायक गायिकाहरुलाई अवसर प्रदान गर्नको निम्ति जागरुक बनेको छ । नयाँ पुस्ताका कलाकारहरुलाई गीतसंगीतको माध्यमबाट नेपाल र नेपाली गीतसंगीततर्फ आकर्षित गर्ने गराउने प्रयासमा उन्मुख बनेको छ।

यो बर्ष पहिलो ‘एभरेष्ट आईडल’ बेलायतको २०१७ को ग्राण्ड फिनाले २८ अक्टोबर अल्डर्शटस्थित एम्पायर हलमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बेलायतबासी नेपालीहरुमाँझ नेपाली गीत संगीतको प्रतिनिधि पात्रको रुपमा बेलायतको विभिन्न स्थानमा रहेका प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै प्रथम आईडल लन्डन निवासी गायक सोनाहाङ राईले उपाधि चुमे। आइडलका उपविजेता म्यान्चेस्टर निवासी निमन तामाङ अनि दोश्रो उपविजेता आसफोर्ड निवासी पूर्व गोर्खा सैनिक रिटायड वारेन्ट अफिसर दिपप्रकाश राई घोषित भए।

को हुन् गायकहरु?
‘एभरेष्ट आईडल वेलायत २०१७’ को विजेता सोनाहाङ राई आमा भगना देवी राई र बाबा जगत बहादुर राईको कोखबाट अन्नपूर्ण, भोजपुरमा जन्मिए पनि उनी अक्सव्रिज, लण्डनमा केहि बर्ष यता बसोबास गरिरहेका छन््।

गीत,संगीतलाई संस्कार, सँस्कृति, समाजको दर्पण अनि जीवनको अभिन्न अंग ठान्ने गायक सोनाहाङले सानै उमेरदेखि सांगीतिक गोरेटो सुरुवात गरेका थिए। उनले स्कुल र कलेजका विभिन्न सांगीतिक प्रतियोगीताहरुको उपाधि चुम्दै प्रमाण-पत्र समेत प्राप्त गरिसकेका छन्् । त्रिभुवन विश्वविद्यालय आरआरबाट वि सं २०६३ सालमा संगीतको औपचारिक शिक्षा शुरु गरेका राईले संगीतमा स्नातकोत्तर सम्मका अध्ययन हासिल गरिसकेका छन््।

संगीत शिक्षक चन्दन कुमार श्रेष्ठसँग गान्धर्व संगीत विध्यालयवाट शास्त्रीय संगीतमा ६ वर्षसम्म अध्ययन गरेका उनी विभिन्न स्कुल साथै आस्था कला केन्द्रमा संगीत शिक्षकको रुपमा पनि कार्यरत रहेका थिए । पुराना पुस्ताका भजन शिरोमणि भक्तराज आचार्य र गायक शिव परियारको गीतहरु वढि रुचाउने राई गुरु श्रेष्ठलाई आफ्नो आइडल मान्दछन्् । उनले ‘एभरेष्ट आईडल’को अडिसनमा हेमन्त रानाको ‘लैजा रे’ वोलको गीत प्रस्तुत गरेर निर्णायकहरुका मन जितेका थिए भने क्वार्टरफाईनलमा गायक शिव परियारको ‘पिउँदिन भन्दा-भन्दै’, सेमी फाईनलमा गायक राजेश पायल राईको ‘नमाग मसँग’ साथै फाईनलमा नेपाली चलचित्र ‘गोर्खा पल्टन’को ‘सान्नानीले झुक्यायो मलाई’ र गायक परियारको ‘कहा थियौ तिमी’ बोलको गीत प्रस्तुत गरेर उपस्थित श्रोता,दर्शकहरु र निर्णाकहरुका मन जित्न सफल हुदै आइडलको उपाधि चुमेका थिए।

अति नै सरल र सालिन्दा व्यक्तित्वको धनी गायक सोनाहाङ सरल जीवनयापन गर्न मन पराउँछन्् । जुनै प्रकारका गीत पनि कुसलताकासाथ गाउन ईच्छा राख्ने स्वभावका छन्् । उनको लक्ष्य जहाँ रहेपनि राम्रो गायक र कलाकार वनेर नेपाली गीत–संगीतको निम्ति आफुले गर्न सक्ने योगदान दिने बताउँछन््।

सन्् २०१५ देखि अक्सव्रिज, लण्डनमा रहँदै आएका गायक राई फुर्सदको समयमा रियाज र सांगीतिक गतिविधिहरु मै समय व्यतित गर्न मन पराउँछन्।

‘एभरेष्ट आईडल वेलायत २०१७’ का पहिलो उपविजेता गायक निमन तामाङ आमा धनमाया तामाङ् र बाबा मन बहादुर तामाङ्को कोखबाट दमक झापामा जन्मिएका हुन््।

रोचडेल, म्यान्चेस्टरमा बसोबास गरिरहेका गायक प्राय स्टेज कार्यक्रममा आफ्नो कौसलता प्रदर्शन गर्दै आएका गायक तामाङले पनि स्कुले जीवनबाट नै आफ्नो गायन यात्रा शुरु गरेका थिए। गायक तामाङ कक्षा ९ मा अध्ययन गरिरहेका बेला सन २०१०मा विभिन्न स्कुलवीच गरिएको गायन प्रतियोगितामा प्रथम भए पश्चात अझै सशक्त ढंगले गायन तर्फ अगाडि बढ््ने प्रेरणा मिलेको बताए।

गायक तामाङ्ले संगीतको कुनै पनि औपचारिक शिक्षा लिएका छैनन्् यद्धपि आफ्नै स्वविवेकले सिकेको र अभ्यासले पोख्त हुँदै गईरहेको जनाए । भुटानी नेप्लिज कम्युनिटिका आजीवन सदस्य रहेका उनले जीवन भोगाईका अनेक उतार चढावहरुले धेरै सिकाएको बताउँछन । त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तरको अध्ययन सकेका तामाङले केही समय शिक्षक पेशामा समेत काम गरेका थिए।

गायक स्वरूपराज आचार्य अति नै मन पर्ने तामाङले छनौट चरणमा गायक कर्णदासको ‘प्रेमको बलिदान’ बोलको गीत प्रस्तुत गरेर अर्को चरणमा प्रवेश गरेका थिए । यसै गरी क्वार्टर फाईनलमा गायक मनोजराजको ‘पानीको फोका जस्तो’ सेमी फाईनलमा गायक सुगम पोखरेलको ‘के यो माया हो’ र फाईनलमा गायक राजु लामाका ‘मेरो नेपाल’ र गायक राज सिग्देलको ‘ऊ जितेर गई’ बोलको गीत प्रस्तुत दिएर निर्णायकहरु,स्रोता , दर्शकहरुको माया र भोटको आधरमा पहिलो उपविजेता बने।

संगीत बिनाको जीवन कल्पनानै गर्न नसक्ने गायक निमन संगीत आफ्नो जीवनको आधार मान्दछन्् । उनको लक्ष्य आफ्नै गीतहरुको एल्बम दर्शक माँझ पस्किने र मेकानिकल ईन्जिनियर बन्ने खुलासा गरे।

‘एभरेष्ट आईडल वेलायत २०१७’ का दोस्रो उपविजेता दिपप्रकाश राई आमा कृष्ण कुमारी राई र बुबा चन्द्र बहादुर राईको कोखबाट ईन्द्रेणी पोखरी, खोटाङमा जन्मिएका हुन््।

आसफोर्ड केन्टमा बसोबास रहेका गायक बेलायती गोर्खा सैनिकमा दुई दशक बढि सेवा गर्दै गत बर्ष अवकाश लिएका गायक दिपप्रकाशले ‘हिमालयन थर्ड जेनेरेसन ब्यान्ड’मा बेस गिटारिस्ट साथै मुख्य गायकको अविभारा लिदै आईरहेका छन््।

गायक राईले गोर्खा रेजिमेन्टमा सेवारत हुदा उक्त व्यान्ड रेजिमेन्टको विशेष कार्यक्रममा प्रस्तुत गर्दथे । आफ्नो जीवनको हरेक पलहरुमा विश्वका अधिकांश देशहरु कामकै सिलसिलामा भ्रमण गरिसकेका उनले कुनै पनि संगीत शिक्षा नलिए पनि उनले सैनिक शिक्षामा स्नातक सम्मका अध्ययन सकेका छन्् । यसरी औपचारिक शिक्षा नलिएको बिषयमा अल्लारे बैशमा रहर र बाध्यतामा आफ्नो देश छोड््नुको पीडा निकै मिठो पारामा हाँसी हाँसी खुलासा गरे । यसै सन्दर्भ जोड््दै आफ्नो जिन्दगीको अनुभवले नै धेरै कुरो सिकाएको विश्वास गर्ने गायक राईको प्रस्तुती धेरै दर्शकहरुले मन पराएका थिए।

छनौट चरण्मा १९७४ एडि को ‘परेलीमा लुकाइ राख’ बोलको गीत प्रस्तुत गरेर आइडल प्रवेश गरेका दिपप्रकाशले क्वार्टर फाईनलमा गायक दिब्य सुब्बाको ‘पश्चातापमा तिमी’ सेमी फाईनलमा गायक सविन राईको ‘कोमल त्यो तिम्रो’ र फाईनलमा गायक राजेश पायल राईको ‘शिरैफूल शिरबन्दी’ र नेपाली चलचित्र देवताको ‘के भन्ने हाम्रो समय’ प्रस्तुत गर्दै दोस्रो उपविजेता बन्न सफल भएका हुन््।

आफ्नो आदर्शको रुपमा उनी एसिडिसी व्यान्डलाई देख्छन्् र त्यस्तै अनुरुपमा चट््टान ढाचाका गीतहरु सुनाउने प्रयास गर्छन् साथै अन्य गीतहरु पनि मज्जाले नै गाउने क्षमता उनमा प्रचुर देखिन्छ । गायक राई संगीतमै आफ्नो जीवन रमाउने बताउँदै भविष्यमा नेपाली चट््टान ढाचाका गीतहरुको एल्बम दर्शक श्रोता माँझ पस्किने र संगीतमा निरन्तर लागिरहने बताए।





Comments

comments

Leave a Reply

20695