बेलायतमा रहेकी गीतकार जानुको माया धमलिएपछि…


रोशन मेवाहाङ्ग
/एचकेनेपाल डट कम-

लण्डन । वेलायतमा रहेकी चर्चित गीतकार जानु काम्बाङ लिङदेनले विछोडको भावमा रचना गरेकी शव्दहरु ‘विहानीको सित जस्तै संग्लो हाम्रो माया’ बोलको म्युजिक भिडियोलाई म्युजिक नेपालले आफ्नो सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनिक गरेका छन्।

प्रेमी-प्रेमिका र परिवार विचको मायाप्रेम विछोड हुदाको परिणाम कस्तो हुन्छ ? युवा पुस्ताले रुचाएकी गायिका श्रेयसी चेम्जोङले गीतकार जानुको शव्दरचनालाई मिठो आवाज दिएकी छन् । गायिका चेम्जोङ पछिल्लो समय युवा पुस्ता माँझ निकै रमेकी गायिका समेत हुन्। एउटा सुन्दर प्रेम-प्रेमिकाको वियोगलाई गीतकारले यसरी उर्तान खोजेकी छन्। ‘छुट्टि गयौ तिमी, यो मनको दिलबाट, के गल्ति थियो र मेरो । झरना जस्तै कल कल कल्काईरहनु’ जस्ता सुन्दर विम्बहरुले निर्मोही मायालुहरुलाई लिङदेनले प्रस्तुत गीतमा झल्काएका छन्।

मोडल दिपेश राहोल,आशा शाही र नमुना विसीले मुख्य अभिनय गरेका भिडियोमा गायिका श्रेयसीको समेत फिचरिङ रहेको छ। महेन्द्र शाही राष्टकोटिद्वारा निर्देशित ‘विहानीको माया जस्तै, हाम्रो माया’ बोलको गीतलाई संगीतकार राजकुमार बगरले संगीत भरेका हुन् भने कृष्ण फिल्म प्रा लि ले उत्पादन गरेका छन् ।सुनसरी धरान १५ स्थित शिक्षा सदनबाट प्रवेशीको अध्ययन सकेपछि साहित्य र गीति लेखनमा होमिएका गीतकार २००७ मा वेलायत प्रवेश गरेपछि सांगीतिक लेखनमा निकै तीव्रता फैलिएको हो।

नेपाली साङ्गीतिक क्षेत्रमा मायालु भावका शव्द र विछोडका भावहरु लेख्न पोख्त गीतकारको पूर्वेली लोकआधुनिक गीत ‘पर्खि बस्नु सोल्टिनी गाँउको चौतारीमा’ र चलचित्र ” एकपल ” मा गायक प्रमोद खरेलले आवाज दिएका‘अन्तिम समय अन्तिम प्रहर, जीवन यो कुन मोडमा आयो ।’ र नयाँ पुस्ताकी गायिका दिपा सुहांग लिम्बुको स्वरमा रहेको ” मनमा संधैं उर्ली गंगा सलल बग्छ किन ? जस्ता म्युजिक भिडियोहरुले सांगीतिक बजारमा निकै चर्चा पाइरहेकै बेला उनले ‘बाचुन्जेल तिमीलाई, विहानीको माया जस्तै हाम्रो माया ।’ बोलको भिडियो यु–ट्युबमार्फत सार्वजनिक गर्ने निर्णय लिएका हुन्।

प्रवासमा रहेर पनि नेपाली मौलिक भाषा सस्कृति र साहित्यलाई अनवरत सहयोग गरि रहन र सांगीतिक क्षेत्रलाई माया गरिरहने गीतकार जानुले आफ्नो बाल्यकाल र अहिलेको गीतिकारितालाई सम्झिँदै भनिन्– ‘ मन भित्र उत्पन्न भएको शव्द समाजका लागि पोख्नु नै जीवनका आत्मसन्तुष्टि हो।’

नेपाली फिल्म ‘काबेली’मा शीर्ष गीत “ए है काबेली दोभान” बोलको गीत लेख्न अवसर पाएका गीतकार लिङदेनको प्राश्व लेखनमा झन् दरिलो सम्भावना देखिएको छ । उनले रचना गरेका ‘उज्यालो मै म हराए कसरी’,‘विस्तारै विस्तारै’ ,‘हुनै लाग्दा, दिन उज्यालो तिमी टाढा गयौ’, बढ्नु पर्ने माया यो किन घट्दै छ ’, हल्ला नगर, म साथी बन्नुको आशै नगर’, पर्खिबस्नु सोल्टिनी हौ गाँउको चौतारीमा लगायत ३०० भन्दा बढी गीतहरुले दर्शक श्रोताहरुको मन जित्न सफल बनिरहेका गीतकार अहिले स्वदेश तथा विदेशमा रहेका दर्शकहरु माँझ निकै चर्चामा आउन थालेका छन् । वेलायतमा सांगीतिक मनोरमका धेरै गीतकार भए पनि उनी एक युवा पुस्ता माँझ भाव प्रकट गर्न सक्ने गीतकार हुन्।

उनी भन्छिन् उनलाई मन पर्ने विधा त आख्यान नै हो तर, पनि अरुको ईच्छा अनुसार अफर आउँदा गीत कोर्ने गर्छु, र अब यो यात्राले पनि निरन्तरता पाउनु पर्छ जस्तो लागेर अप कमिङ्ग, केहि चलचित्रमा पनि केहि गीतहरु लेखेकी छु | जस्तै दिनेश लिङ्ग्देनको चलचित्र ” दुस्साहस ” राज कुमार बगरको संगीतमा एउटा डान्सिङ्ग नम्बर छ, र चलचित्र “एक्स्ट्रा माया” मा शीर्ष गीत बादल लिम्बुको संगीतमा छ भने चलचित्र “माट-टी माला” मा “बेची दिन्छु यो जवानी किन्ने कोहि भैदिए” बोलको आईट्म गीत सुमन राईको संगीतमा रहेको छ।

गीतकार लिङदेनले पछिल्ला पुस्ताका गायक गायिकाहरुको प्रोत्साहन स्वरुप ‘प्रतिभा परिवार’ नामक संस्थामा सदस्यता लिदै सहयोग समेत गरिरहेकी छिन् । उनका स्वर्णिम शब्दहरुका एल्बम ‘शीत’मा बिहानीको शीत जस्तो कन्चन पबित्र प्रेममा बिश्वासको डोरी चुडिए पनि , एक मुठी सास रहुन्जेलसम्म मुटुमा सजाएर राखिरहने एउटा अमर प्रेम कहानीलाई प्रस्तुत गरेकी छिन् । जीवनमा एउटा अमर प्रेम कति महत्वपूर्ण हुन्छ उनले श्रोताहरुलाई गीतको भावबाट उल्लेख गर्न खोजेकी छिन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20739